गाडी, चालक, यात्रा र यात्री

दुर्गाप्रसाद भण्डारी
सामान्य भाषामा गाडी भनेको सवारी साधन हो भने चालक भनेको त्यस गाडीलाई चलाएर गन्तव्यमा पु¥याउने योग्यता भएको नियुक्त व्यक्ति हो । त्यस्तै यात्रा भनेको गन्तव्य हो र यात्री भनेको गन्तव्यमा पुग्न यात्रा तय गरिरहेको व्यक्ति हो । त्यसैले यी सबैको सामञ्जस्यबाट तय भएको एउटा यात्रा पुरा हुन्छ । यहाँ हामी यिनै विषयमा चर्चा गर्नेछौं ।
गाडी
गाडीको सामान्य परिभाषा वा अर्थ माथि दिइयो तर लाक्षणिक रुपमा गाडीको अर्थ अनेक हुन्छन् । गाडी हाम्रा जीवनका योजना पूरा गर्ने माध्यम पनि हो । साथै गाडी भनेको जीवन पनि हो । गाडी भनेको कुनै संघ–संस्था पनि हो । गाडी भनेको कुनै सरकारी वा गैरसरकारी, राष्ट्रिय वा अन्र्तराष्ट्रियस्तरको संस्था पनि हो । गाडी भनेको कुनैपनि तहको सरकार पनि हो । चाहे वर्तमान नेपालको स्थानीय, प्रदेश वा संघीय तहको सरकार किन नहोस् त्यो पनि एक प्रकारको गाडी नै हो ।
गाडी नयाँ पनि हुनसक्छ र पुरानो पनि हुन सक्छन् । यदि गाडीको स्थिति ठीक भएन भने त्यो गाडी गन्तव्य नपुगेरै बिग्रन सक्छ । जसको असर सम्पूर्ण यात्रीलाई समेत हुन्छ । चाहे त्यो बस, रेल, पानी जहाज र हवाइजहाज नै किन नहोस् आखिर ती पनि गाडीका नै प्रारुप हुन् । त्यसैले सकभर गाडी नयाँ हुनु पर्दछ भएन भने पनि त्यसको हेरचाह ठीक ढंगको हुनुपर्दछ । जस्ले गर्दा गन्तव्य नपुग्दै त्यसमा खराबी नआओस् ।

 
चालक
कुनै पनि गाडी वा यातायातको साधन चलाउनका लागि चालक राखिएको हुुन्छ । केवल गाडी नयाँ भएर वा मर्मत सम्भार भएर मात्रै पुग्दैन त्यसका लागि चालक पनि सही सोचको हुनु पर्दछ । गाडी नयाँ छ तर चालक सही भएन भनेपनि यात्रीहरुको यात्रा गन्तव्यहीन हुन सक्छ । अन्तैतिर लैजानसक्ने वा गन्तव्यतिर लैजान सक्ने हात चालककै रहेको हुन्छ । सवारीसाधन(गाडी)का चालक एक पनि हुन सक्छन् र अनेक पनि हुन सक्छन् । जुनप्रकारले लामो दुरीको रात्रि बसहरुमा दुईटा चालकहरु हुनछन् र हवाइजहाजहरुमा पनि दुईटा विमानचालक हुन्छन् र पानीजहाजहरुमा पनि एकभन्दा बढी चालकहरु हुन्छन् । यस्तै रेलहरुमा पनि हुन्छ । चालकको काम उसले जुन साधनको उसले प्रयोग गरिरहेको छ त्यस साधनको ठीकसंग प्रयोग गर्नु र यात्रीहरुलाई सही गन्तव्यमा पु¥याउनु हुन्छ ।

 
त्यसैले चाहे त्यो बस, रेल, पानी जहाज र हवाइजहाज नै किन नहोस् सही ढंगले चलाउन सकेन र सही गन्तव्यको पहिचान भएन भने लक्ष्यमा त पुग्न सकिदैन सकिदैन दुर्घटना समेत हुन सक्छ । जसको असर यात्रीहरुलाई पनि पर्दछ । त्यतिमात्र नभई त्यो यात्रासंग र गाडीसंग सम्बन्ध राख्ने सबैलाई कुनै न कुनै प्रभाव पर्दछ । त्यसकारण गाडी चालकले गन्तव्यका साथै गाडीको अवस्थाको विषयमा पनि दखल राख्नु पर्दछ । कुन नटबोल्टको स्थिति के हो । इन्धनको अवस्था के छ । यात्रीको अवस्था के छ आदि इत्यादि । त्यसैले यात्रीको यात्रामा यदि गाडी छ भने बढी जिम्मेवार चालक नै रहन्छ । यदि चालक सुन्दर सुशिल छ तर गन्तव्यहीन छभने त्यो सुन्दरता र सुशिलताले केही गर्न सक्दैन ।

 
यात्रा
यात्रा भनेको गन्तव्य भेटाउन प्रयत्नरत भइरहनु हो । चाहे त्यो कुनै स्थान पनि हुनसक्छ वा कुनै कार्य पनि हुन सक्छ । पैदल यात्री र कुनै सवारीसाधन भएको यात्रीको यात्राअवस्था फरक–फरक हुन सक्छ । कुनै संघसंस्था वा सरकारी तथा गैरसरकारी कार्यालयमा भएको मानिसको यात्रा फरक हुन सक्छ । त्यस्तै सरकारका तीर्न तहका तीनवटै अंगमा रहेकाहरुको यात्रा फरक हुन सक्छ र अघोषित चौथो अंग नै किन नहोस् उसको पनि यात्रा फरक ढंगको हुन सक्छ तैपनि यात्राको अन्तिम परिणाम एउटै हुनसक्छ त्यसलाई लक्ष्यप्राप्ति गर्नु भनिन्छ । अर्थात यात्रीको कार्यशैली पनि यात्रा हो । जीवनको जीउने क्रम (पद्दति) पनि एउटा महत्वपूर्ण यात्रा नै हो । जीवनको विषयमा यात्रालाई कसरी सफल बनाउने भन्ने कुरा स्वयं यात्रीमा निर्भर रहेपनि गाडीमा यात्रारत यात्रीलाई कसरी उसको गन्तव्यसम्म सहीरुपमा पु¥याउने भन्ने विषयमा चालकको पनि महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले गन्तव्य बिनाको यात्रा कहिल्यै हुन सक्दैन । गन्तव्य सहितको यात्राले नै यात्राको सही अर्थ राख्दछ ।

 
यात्री
यात्री भनेको कुनै उद्देश्य लिएर हिँडेको व्यक्ति बुझिन्छ । त्यहाँ भौतिक सवारी साधन जोड्न पनि सकिन्छ र नजोड्न पनि सकिन्छ । तर, यात्री गाडीमा सवार हुनपनि सक्छ र नहुनपनि सक्छ । अन्य साधनहरुको प्रयोग गरेर पनि यात्रीले यात्रा तय गरेको हुनपनि सक्छ र यात्री पदमार्गबाटै यात्रा अगाडि बढाइरहेको पनि हुन सक्छ । तैपनि समग्रमा यात्री यात्राभर केही न केही लक्ष्य लिएर हिँडेको हुन्छ । चाहे त्यो साधनसहितको होस् वा साधन रहितको होस् । उद्देश्यविहीन यात्रा नै हुँदैन । यात्रीको यात्रालाई विभिन्न क्षेत्रसंग वा कार्यसंग जोडेर पनि हेर्न सकिन्छ ।

 
यदि जीवन जीउने क्रमलाई यात्रा मान्ने हो भने त्यहाँ गाडी उसको जीवन(शरीर) हो, चालक उसको चेतना (विवेकशील बुद्धि) मन सहचालक हो भने यात्रा उसको जिन्दगी हो । इन्द्रियहरु उसका यात्री हुन् । यदि बुद्धिको सही प्रयोग भएनभने वा मनले पनि परामर्शमा कार्य गरेन भने सबै इन्द्रियरुपी यात्रीहरुको कार्य सही रुपले हुँदैन । अनि मनको तानाशाहीले वा मनपरीले गर्दा एउटा जीवन नै समाप्त हुन्छ । त्यसैले यीन्द्रयमाथि मनको लगाम र मन माथि आत्माको लगाम हुन जरुरी हुन्छ ।

 
त्यसैले गाडी, चालक, यात्रा र यात्रीको अनन्य सम्बन्ध रहन्छ । व्यक्तिगत जीवनलाई यात्रा मान्दा माथिको उदाहरण प्रयाप्त हुन्छभने परिवारलाई यात्रासंग जोड्ने हो भने उनीहरुको गाडी घर हो, यात्रा परिवारको गतिविधि हो । त्यसको चालक घरमुली हो र यात्री त्यसका सबै सदस्यहरु हुन् । यसप्रकारको यात्रामा सहायक चालकहरुको रुपमा गृहणी हुन्छिन् वा घरमुलीपछिको दोस्रो स्थानको व्यक्ति हुन जान्छ । यात्री बुढा बा आमा र बालबालिका (छोराछोरी) हुन सक्छन् । यहा“ ती सन्तान र वृद्धवृद्धाको यात्रा सहज बनाउने कार्य चालक र सहचालक बनेका पतिपत्निको हातमा हुन्छ । यदि उनीहरुले ठीक ढंगले लगाम लिएर यात्रा सही रुपले सञ्चालन गरे भने घर वा परिवारको वास्तविक रुप देखा पर्दछ अन्यथा गतिहीन र मतिहीन भएर हेर्दाहेर्दै परिवार ध्वस्त हुन पुग्दछ । नत कुनै अनुशासन हुन्छ वृद्ध भएका बाबुआमाले रोइरोई जीवन बिताउनु पर्छ भने सन्तानहरुले पनि सही प्रकारले शिक्षदिक्षा नपाएर बिचल्ली हुनछ अन्तमा गएर ती सन्तानहरु अराजक रुपले प्रकट हुन्छन् र घर केवल नामको घर हुन्छ भने त्यसले परिचय घरको दिइरहेको हुँदैन ।

 
यस्तै हरेक संघसंस्था वा कार्यालयको पनि हुन्छ । कुनैपनि कार्यालयको गाडी स्वयं कार्यालय वा संस्था नै हो चालक संस्थाका प्रमुख र सहचालक प्रमुखका सहयोगी हुन् । त्यसमा यात्रा लक्ष्य र यात्री लक्षित वर्ग(उपभोक्त)हरु हुन्छन् । त्यसैले यी सबैको तालमेल सही भएन भने गाडीरुपी संस्था वा कार्यालय समाप्त हुन्छ । चालक सहचालकहरुले सही निर्णय र कार्यको थालनी गरेनन्भने उनीहरु पनि समाप्त हुन्छन् र यात्रारुपी लक्ष्यपनि समाप्त हुन्छ र यात्रीरुपी लक्षित वर्ग पनि ठूलो दुर्घटनामा पर्दछन् । त्यसकारण यी सबैको सही उपयोग र प्रयोग हुन जरुरी हुन्छ ।

 
यसैगरी देशको विषयमा चर्चा गर्दा मुलुक एउटा गाडी हो । सरकार (मुख्यचालक सरकारका प्रधानमन्त्री हुन् भने अन्य मन्त्रीहरु सहचालक हुन्) त्यसको चालक हो । लक्ष्य (सरकारी कार्य) एउटा यात्रा हो भने जनताहरु यात्री हुन् । यदि यहाँ चालक प्रधानमन्त्री र सहचालकरुपी मन्त्रीहरुको काम गराइमा सही तालमेल भएन भने गाडी (मुलुक) बिग्रन सक्छ । सहीरुपमा जनताप्रति उत्तरदायी भएर काम गर्नेहो भने मुलुक बर्बाद हुने अवस्था आउदैन चालक तथा सहचालकहरुले आ–आप्mनै स्वार्थका लागि कार्य गरेभने गन्तव्यमा पुग्नुको साटो वीचमै समाप्त हुन सक्छन् ।

 
यहाँ यसलाई यसरी पनि भन्न सकिन्छ । सरकार एउटा रथ हो, प्रधानमन्त्री त्यसका सारथीहरु हुन् । अन्यमन्त्रीहरु रथ दौडाउने घोडा (अश्व)हरु हुन् । जनता वा मुलुक यात्री हुन् । यदि रथलाई सही प्रयोजनमा ल्याउँदै लक्ष्यमा पुग्ने हो भने दरिलो र साहसी सारथी पनि चाहिन्छ । सही लक्ष्यका लागि रथ चलाएका सारथीका कुनै घोडाले खुट्टा कमाउन लागे वा खोरेत प¥यो भने त्यो रथ सही शिामा चल्न सक्दैन कित त्यस अश्वको उपचार गर्नु पर्दछ कि त अर्को तालीमप्राप्त घोडालाई रथमा जोड्नु पर्दछ । खोरेत परेको बिरामी, कायर वा कुनैपनि रोग लागेको घोडा समेत अन्य निरोगी घोडासंगै दौदिन सक्दैनन् र रथ दुर्घटनाग्रस्त हुन्छ । त्यसैले समयमै त्यसको समाधान गर्नु पर्दछ ।

 
अर्थात वर्तमान सरकारमा पनि प्रधानमन्त्री सरकाररुपी रथका सारथी भएकाले मन्त्रीरुपी घोडाहरु सही मार्गमा चल्न जरुरी छ । यदि मुलुक वा जनतारुपी यात्रीलाई लक्ष्यरुपी यात्रा पुग्ने हो भने खोरेत लागेको घोडाजस्तै कुनै मन्त्रीहरु हुनुहुँदैन । केही मन्त्रीहरु पहिले पनि व्यक्तिगत कार्यशैलीका कारण अहिलेसम्म चर्चित छन् । विरामी नभएरै बाटो बिराउँछन् भनेपनि प्रधानमन्त्रीले सही ट्रयाकमा ल्याउनु पर्दछ । यतिबेला गृहमन्त्री रामबहादुर थापाले गरेको कार्य सराहनीय छ, यही टिममा गिरीराजमणी पोखरेल, लालबाबु पण्डित, गोकर्ण विष्टजस्ता मन्त्रीहरु पनि छन् । आ“ट गरे जनताका लागि केही गर्न सकिन्छ भन्ने देखाउनेहरुलाई हतोत्साहित गर्ने कार्य कसैबाट हुनुहुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका वाचाहरुलाई पूरा गर्नतिर सबै मन्त्रीहरु लाग्नु पर्दछ । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम्रो गर्नेलाई दिएको पुरस्कार र काम नगर्नेलाई दिएको दण्डलाई पनि हेर्न सकिन्छ । पूर्ण बहुमतको दलको नेतृत्वमा दुईतिहाईको समथैनमा बनेको सरकारमा कुनैपनि मन्त्रीलाई अलोकप्रिय कार्य गर्न छुट हुँदैन बरु समय लगाउनुहोस् यो पा“च वर्ष मुलुकलाई सुधार्न र सही ट्रयाकमा ल्याउन जनताले जनमत प्रकट गरेका छन् यदि यतिबेला पनि मुलु अगाडि बढ्न सकेन र जनतालाई माथि उठाउन सकिएन भने कहिल्यै सकिने छैन ।

 
जनताका लागि जनताद्वारा जनतामाथि गरिने शासन नै लोकतन्त्र वा जनवाद भएकोले जनतालाई नै सर्वोपरी मानेर काम गर्न जरुरी छ । त्यस कार्यलाई विरोधका लागि विरोध गर्न कसैले हुँदैन, सर्मथन र सहयोग गर्नु पर्दछ । अनिमात्र मुलुक र जनताको भविष्य उज्ज्वल हुनेछ । यसरी नै गाडी, चालक, यात्रा र यात्रीको सही तालमेल भएमा सकारात्मक परिवर्तनका लागि कुनै कुरा असम्भव छैन । (लेखक नेपाल पत्रकार महासंघ प्रदेश नं ७ का उपाध्यक्ष हुन् )

प्रतिक्रिया

प्रतिक्रिया