समाचारदाता
दैनिक नेपालगन्ज
आफुलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव जोख बहादुर महरा भएको दावी गर्ने ब्यक्ति रोल्पा बस्ने गुमान थापामाथि थप अनुसन्धान गर्न बाँके प्रहरीले सार्वजनिक अपराध मुद्दामा म्याद थप गरेको छ ।
बाँके कोहलपुरमा सामान्य किराना पसल गरि बस्दै आएका गुमान थापा प्रहरीलाई एक साता देखि आफु बाहिर रहेको दावी गर्दै लुकीछिपी बसीरहेका थिए । पोखरा, बुटवल काठमाण्डौ भएको दावी गर्ने ब्यक्ति आफ्नै घरबाट पक्राउ परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
२०६१ सालमा सशस्त्र प्रहरीको हवल्दार पद छाडेर भागेका थापा पछिल्लो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृतको केन्द्रीय सदस्य समेत रहेको दावी गरेका थापा प्रहरीका उच्च अधिकारीलाई धम्काएर रकम असूली गर्ने काममा संलग्न थिए ।
आफुलाई नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भई प्रचण्डको निजी सचिव भएको दावी गरी आफु हुँदै नभएको पदमा रहेको झुक्याई आम नागरिकदेखि सरकारी अधिकारी समेतलाई गफलतमा पारी रकम ठगी गरेकोले विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिए ।