आइतबार राती देखि अविरल बर्षाका कारण बढेको जेठीनालमा डुबेर बैजनाथ गाउँपालिकामा दुई जना बेत्ता भएको खबर प्राप्त भएको छ । तुला बुढा र लोक बहादुर सुनार नालामा डुबेर बेपत्ता भएका हुन् ।
त्यस्तै पेडारी नालामा पानी बढेका कारण खजुरागाउँपालिका धनौली क्षेत्रमा पनि डुबानको जोखिममा परेको छ । राप्तीको सहत भने जोखिममुक्त रहेको बाँके प्रहरीले जनाएको छ । बर्षा अझै रोकिएको छैन । बर्षाका कारण विभिन्न ठाउँहरु जलाम्मे भएका छन् ।