भूकम्प

धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।

आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया