‘गणतन्त्रको अनुभुति भएन’

समाचारदाता
दैनिक नेपालगन्ज
सरकारले आफ्ना पीडा सम्बोधन नगर्दा आफुहरुले गणतन्त्रको अनुभुति गर्न नपाएको द्वन्द्व पीडितहरुले गुनासो गरेका छन् । महिला कानून र बिकास मञ्च, संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला संजाल बाँकेले बाँकेको टिटिहिरियामा गरेको कार्यक्रमका बोल्दै पीडितहरुले यस्तो बताएका हुन् ।

 

कार्यक्रममा बोल्दै न्यायका लागी द्वन्द्व पीडित समाजकी सल्लाहकार उषा दाहालले देशमा गणतन्त्र आएकोे १० बर्ष ब्यतित भैसक्दा पनि पीडितले न्याय नपाउनु दुःखद भएको बताइन् । बेपत्ता श्रीमानको अवस्था थाहाँ नपाउदा आफुले रातदिनको मानसिक पीडा भोग्नु परेको दुखेसो गर्दै दाहालले तत्काल सबै बेपत्ताहरुको अवस्था सार्वजनिक हुनु पर्नेमा जोड दिइन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले पीडितको पक्षमा काम गर्न नसकेको भन्दै दाहालले बेपत्ता आयोग आफै बेपत्ता जस्तै भएको आरोप लगाइन् ।

 

अधिवक्ता वसन्त गौतमले सत्य, न्याय र परिपुण प्राप्त गर्नु मानव अधिकार उल्लघंनका पीडितहरुको अधिकार भएकोले सरकारले त्यसको प्रत्याभुत गराउनु पर्नेमा जोड दिए । पीडितहरुको आवश्यकता र चाहना पहिचान गरि उनीहरुको पीडा तत्काल सम्बोधन गरिनु पर्नेमा गौतमले जोड दिए ।

 

कार्यक्रममा बिनिता चौधरी, सुन्दरकली थारु लगायतका पीडितले यातना र यौनजन्य हिंसा पीडितले अझै अन्तरिम राहतसम्म नपाएको प्रसङ्ग उल्लेख गर्दै द्वन्द्व पीडितलाई दैनिक हात मुख जोर्नेको समेत समस्या रहेको बताएका थिए । अझै पनि कैयौ द्वन्द्व पीडितले अन्तरिम राहत सम्म नपाउदा बालबच्चालाई पढाउन समस्या परेको गुनासो गरे । उनीहरुले सरकारले आफुहरुको आवाज नसुनेको भन्दै बेपत्ता आफन्तको अवस्था सार्वजनिक नहुँदा रातदिनको मानसिक पीडा भोग्न बाध्य भएको बताए ।

 

सम्पत्ति हस्तान्तरण समस्या परेको भन्दै पीडितहरुको सत्यतथ्य जान्न पाउने, न्याय पाउने र परिपुरण पाउने अधिकार सुनिश्चित हुनु पनर््ेमा जोड दिएका थिए । पीडितहरुको आवश्यकता र चाहाना पहिचान गरि उनीहरुको तत्काल पीडा सम्बोधन गरिनु पर्नेमा पीडितहरुले जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया