बुटवल, १८ जेठ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह पाल्पाको रम्भा गाउपालिकामा दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको छ । रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ त ९७५ नं वस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी १० जना घाईते भएका छन ।
१० जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आर्यभञ्जाङ्ग–रामपुर सडक खण्ड अन्र्तगत रम्भा ४ मा भएको दुर्घटनामा तानसेन नगरपालिका ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ४ का कृष्ण बहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ३ का बसन्ती खॉण, तानसेन ६ का गिता बुढाथोकी, तानसेन ६ का सचिन बज्रार्चाय र तानसेन ३ कमला कार्की र एक जनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुने सबै तानसेन नगर भित्रका परेपछि तानसेन शोकमग्न भएको छ भने अविरल बर्षा भएकाले उद्धारमा समेत समस्या भएको थियो । बिहान ९ः३० बजे भएको दुर्घटना सॉगुरो सडक धसिएपछि बस करिब १ सय ५० मिटर तल खसेको थियो । घाइते मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास र ७ जना युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बस चालक अर्जुन थापालाई थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको छ मिसन अस्पतालले २ जना घाईते लाई लुम्बिनी मेडिकल कलेजमा रिर्फर गरेको छ ।
दुर्घटनामा घाइतेहनेहरुमा सवारी चालक अर्जुन थापा, सहचालक विमल रञ्जन प्रफुल्ल शर्मा, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया महर्जन रहेका छन । घाईत मध्ये प्रविण बज्रार्चाय, ओम मलेगो, मुना सारु लाई लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ । वस चालक अर्जुन थापालाई काठमाडौ रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आर्चायले बताए ।