नेपालगन्ज/समाचारदाता
दैनिक नेपालगन्ज
संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जको विशेष प्रहरी टोलीले शुक्रबार ४० केजी चरेस सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । संघीय प्रहरी इकाइ नेपालगन्जका अनुसार, प्रसनी राजकुमार सिंहको कमाण्डमा रहेको प्रहरी टोलीले सुर्खेत सिम्ता–६ स्थित भेरी नदी किनारबाट बारेकोट–१ जाजरकोटका अम्मर बहादुर शाही र कुपिन्डे–१ सल्यानका जीवन बस्नेतलाई पक्राउ गरेको हो ।
‘उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ’, संघीय इकाइ प्रहरी कार्यालय नेपालगन्जका प्रमुख, एसएसपी महेश विक्रम शाहले दैनिक नेपालगन्ज सँग भने । उनका अनुसार, लागु औषध ओसारपोसार भैरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले त्यस क्षेत्रमा विशेष सक्रियता देखाएको हो ।