जगत गुरु अनन्त श्री विभुषित बाल सन्त मोहन शरण देवाचार्य महाराज आज शनिबार नेपालगन्ज आएका छन् ।
कञ्चनपुरको भम्केनीमा निर्माण गर्न लागिएको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति स्थापना संकल्पका गर्न जाने क्रममा जगत गुरु नेपालगन्ज आएका हुन् ।
बागेश्वरी मन्दिरमा आउन लागेका जगत् गुरुलाई बागेश्वरी मन्दिर व्यवस्था समितिले स्वागत गरेको थियो । त्यसक्रममा प्रवचन दिंदै जगत गुरुले राष्ट्रिय एकता र गौ संरक्षणमा जोड दिएका छन् ।
राष्ट्रिय एकताको भवनालाई उजागार गर्ने उद्देश्यले प्रत्येक नेपालीबाट एक एक रुपैया तथा पुराना तामा, पित्तलका भाडा संकलन गरि मुर्ति स्थापना गरिदैछ ।