घोडा र खच्चर सम्बन्धी व्यवसाय संकटमा पर्दै गएपछि बा“के हिरमिनियाका महिलाहरुले पेशा परिवर्तन गरेका
छन् ।
परिवारको आर्थिक स्रोतका रुपमा रहेको घोडा, खच्चरको ढुवानी व्यवसाय नेपालगन्जमा ठप्प जस्तै भएपछि महिलाहरुले च्याउ खेती सुरु गरेका हुन् । ‘श्रीमान्को पेशा नै संकटमा पर्यो’, महिलाहरु भन्छन्, ‘श्रीमान्हरुले पनि पेशा परिवर्तन गर्नुभयो र हामीले परिवारको आर्थिक संकट टार्न च्याउ खेती सुरु गर्यौं ।’
मुस्लिम महिलालाई च्याउ खेतीका लागि एनिमल नेपालले सहयोग गर्दै आएको छ । एनिमल नेपालका सुरेन्द्रद्विप कार्कीले २२ जना मुस्लिम महिलाले च्याउ खेती गर्दै आएको जानकारी दिए । एनिमल नेपालले महिलाहरुलाई च्याउ खेती सम्बन्धी तालिम दिएको हो ।
‘देखेको र नसुनेको च्याउ खेती कसरी सफल होला भन्नेमा आशंका थियो’, च्याउ खेतीका लागि समूहमा आबद्ध महिला शेषले भनिन्, ‘उत्पादन पनि राम्रो मूल्यमा च्याउ बिक्री गरिरहेका छौं ।’ अहिले च्याउको बजार राम्रो पाएपछि अरु महिला पनि च्याउ खेतीतर्फ आकर्षित भएको एनिमल नेपालका कार्की बताउ“छन् ।