बाँके २० पुुस ५ नम्बर प्रदेशको राजधानी नेपालगन्जलाई बनाउनुु पर्ने भन्दै आज नेपालगन्जमा प्रर्दशन गरिएको छ । बाँकेका नागरिक समाजले बाँके जिल्ला अदालत अगागि उभिएर प्ले कार्ड सहित राजभानी बनाउने अभिायान सन्चालन गरेको हुुन् ।
नेपालगन्ज हरेक दृष्टिकोणले राजधानी बन्ने सम्पूर्ण पूर्वाधार रहेकोले नेपालगन्ज नै ५ नम्बर प्रदेशको राजधानी हुुनु पर्ने भन्दै अभिायन सन्चालन गरेका छन् । नेपालगन्ज पुुरानो शहर जस्को लामो ऐतिहासिक रहेको र यस नेपालगन्जमा शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्रको पूर्वाधार रहेकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज उपयुक्त स्थान रहेको अधिवक्ता विश्वजित तिवारी बताउनुुहुन्छ ।
उच्च अदालत तुुलसीपुुर बारका अध्यक्ष बल बहादुुर चन्दले नेपालगन्ज शहर भौतिक पूर्वाधारको विकास भएकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज हुनु पर्ने बताउनुहुन्छ ।