अन्तरालले प्रदेशसभा सदस्य सुरेन्द्र हमाललाई अनौपचारिक कार्यक्रम गरि बधाई दिएको छ । अन्तराल मिडियाका प्रमुख कार्यकारी जयनारायण शाहले खादा ओढाई बधाई दिनुभएको हो ।
सो अवसरमा सभाषद हमालले अन्तरालका विविध गतिविधिहरु झल्किने तस्वीरहरु हेर्नुभएको थियो ।
‘उहाँले अन्तराल फोटो बैङ्कको अवलोकन गर्नुभयो’ – शाहले भने ‘पूराना फोटोहरु हेरेपछि उहाँ भावुक हुनु भयो ।’ अन्तरालले दुर्लभ र विविध विषयका फोटोहरु संरक्षण अभियान जारी राखेको छ ।
बैङ्क अवलोकन पछि प्रतिक्रिया दिदै ओलम्पियन, प्रदेश सभा सदस्य हमालले भन्नु भयो – ‘यो इतिहास जोगाउने अभियानमा सवैले सघाउनुपर्छ’ । निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई दिने कार्यक्रम निरन्तर रहने अन्तरालले जनाएको छ ।