बाघको आक्रमण बाट बर्दियामा दुई जना महिला घाइते भएका छन् ।
भारतको जगलमा घास दाउरा गर्न गएका बर्दिया गुलरिया नगरपालिका वार्ड न ३ का ४० वर्षिय मुन्नी सन्चुरी र ३० वर्षिय सरिता गोडिया बाघको आक्रमणबाट गम्भिर घाइते भएका हुन् । घास दाउराका लागि सीमावर्ति भारतीय जंगलमा गएका महिलाहरु बुधबार दिउ“सो बाघको आक्रमणमा परेका हुन् ।
आक्रमणबाट घाइते भएका दुवै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये मुन्नीको अवस्था गम्भिर रहेको चिकित्सकले बताएका छन् । उनको टाउको लगायत सरिरका अन्य भागमा गहिरो चोट लागेको छ ।