सडक दुर्घटना न्यूनीकरणको लागी युवा जाग्दै

पौष १९, कोहलपुर

सरला सुबेदी

सवारी साधनको मात्रा अत्याधिक मात्रामा बढ्नु, अबैधानिक बाटो,छाडा पशु चौपाय, सडक अतिक्रमण, ओभर लोड, अस्वस्थ प्रतिस्पर्धाका कारण अत्याधिक मात्रामा सडक दुर्घटना हुने मध्यपश्चिमान्चल क्षेत्रीय ट्राफिक कार्यलयका प्रहरी नायव उपरीक्षक दिवाकर घिमिरेले बताए।

 

घिमिरेले कानुन बनेता पनि कानुनको पालना नगरेर अनुशासन भन्दा बाहिर रहेर सवारिसाधन चलाउदा दिनदिनै दुर्घटना हुने बताए। जिल्ला युवा सन्जाल बाकेको आयोजना, मध्यपश्चिमान्चल क्षेत्रीय ट्राफिक कार्यलय र वातावरण तथा ग्रामीण बिकास केन्द्र कोहलपुरको सहकार्य र साझेदारी बिकास परियोजनाको सहयोगमा बुधवार कोहलपुरमा सरोकारवाला निकाय,पत्रकार, सवारिचालक को उपस्थितिमा बढ्दो सडक दुर्घटना र न्यूनीकरणका उपायहरु विषयक अन्तर्कृया कार्यक्रम गरिएको हो।

 

कार्यक्रममा आगामी दिनमा सडक दुर्घटना न्यूनीकरण गर्न पन्ध्र बुदे प्रतिबद्धता पत्र सार्वाजानिक गरिएको छ। जसमा सवारी साधन स्पिड जाच गर्ने यन्त्र राडर देखी लिएर मापसे नियन्त्रणमा सम्बेदनशिल बन्ने,होडिङ्ग बोर्ड नागरिक बडापत्रलाई तिव्रता दिने जस्ता कुरा उल्लेख गरिएको छ।

 

कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले बाइक प्रती युवा मोह बड्दो र आक्रषण भएता पनि अभिवाभक हरु संबेदनसिल नभएका कारण जथाभावी सवारी साध को प्रयोग बढी भएको र युवा जोशका साथ अन्धाधुन्द गाडी हाक्ने भएको ले बढी मात्रामा सडक दुर्घटना हुने बताए उनले अबका दिनमा यसको न्यूनीकरणको लागी तत्काल पहल कदमी चाली ध्वनि प्रदुषण हुने खालका साधनलाई नियन्त्रण गर्नु पर्ने कुरा बताए।कार्यक्रम जिल्ला युवा सन्जाल बाके का अध्यक्ष मोतिलाल थारुको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा ग्रामीण तथा वातावरण विकास केन्द्रका अध्यक्ष धर्मलाल रोकाय, प्रेस चौतारी बाकेका अध्यक्ष हेमन्त बिक,र बिभिन्न यातायात समितिका प्रतिनिधिको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

प्रतिक्रिया