काठमाडौं । शहरी विकास मन्त्री दिलनाथ गिरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका छन् ।
राप्रपाले गिरीलाई सरकारबाट फिर्ता बोलाएको पत्र पठाएपछि देउवाले उनलाई मन्त्री पदबाट हटाएका हुन् । शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई दिइइको छ ।