द्वन्द्व निरुपण सञ्जाल गठन

संक्रमणकालिन न्याय, द्वन्द्व रुपान्तरण र शान्ति निर्माण कार्यमा सघाउ पु¥याउने उद्देश्यले बाँकेमा समावेसी, मेलमिलाप तथा द्वन्द्व निरुपण जिल्ला संजाल गठन गरिएको छ ।

 

महिला कानून र विकास मञ्चको आयोजनामा नेपालगन्जमा आयोजित एक भेलाले न्यायको लागी द्वन्द्व पीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीको संयोजकत्वमा द्वन्द्व पीडित र नागरिक समाजमा आवद्ध विभिन्न संघ सस्थाका प्रतिनिधि सम्मिलित ९ सदस्यीय समावेशी मेलमिलाप तथा द्वन्द्व निरुपणका लागि जिल्ला सञ्जाल गठन गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

 

सञ्जालमा नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बल बहादुर चन्द, गैसस महासंघ बाँके अध्यक्ष सपना भट्टराई, इन्सेककी सरस्वती मल्ल, द्वन्द्व पीडित तथा एकल महिला संजालकी जयन्ती खत्री, हरप्लेसकी सुनिता पोखरेल, फातिमा फाउण्डेसकी मैमुना सिद्धिकि, द्वन्द्व प्रभावित महिला समुहकी सुनिता चौधरी, द्वन्द्व पीडित इब्राहिम खाँ रहेका छन् । सञ्जालको सचिवालय महिला कानून तथा बिकास मञ्चको कार्यालयमा रहने निर्णय पनि संजालको बैठकले गरेको छ । संजालको पर्यबेक्षकमा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल रहनु भएको छ ।
संजालले संक्रमणकालिन न्याय, द्वन्द्व रुपमान्तरण र शान्ति निमार्णका लागी बिभिन्न कार्यक्रम गर्ने जनाएको छ । जस अन्तरगत क्षमता अभिबृद्धि, पैरवी, संवाद र नीतिगत सुधार लगायत संक्रमणकालीन न्यायमा पीडितको पहुँच पु¥याउनका लागि जिल्ला देखि केन्द्रसम्म लबिङ र एडभोकेसीका बिभिन्न कार्यक्रम संचालन निर्णय गरेको सञ्जालले गरेको छ । कार्यक्रममा इन्टरनेशनल एलर्डका मानव बहादुर भण्डारीले २ बर्षको परियोजना अवधीका लागि आफ्नो सस्थाले सहयोग गर्न लागेको र जिल्ला सञ्जालकै सल्लाह र सुझावमा आगामी कार्यक्रमहरु तय गरि बिभिन्न गतिबिधि सञ्चालन गरिने बताए ।
महिला कानून र बिकाश मञ्चकी कार्यक्रम संयोजक बिनु लामाले संक्रमणकालिन न्याय, मेलमिलाप र द्वन्द्व निरुपणको बिषय सबैको साझा बिषय भएकाले संजाल मार्फत संजालकै सल्लाह सुझाव अनुसार कार्य गरिने जानकारी दिइन ।

प्रतिक्रिया

प्रतिक्रिया