बाकेको डुडुवा गाउपालिका वडा नं.५ बाट प्रहरीले २३ वटा गोरु सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाकेबाट खटिएको बिशेष प्रहरी टोलीले सोमबार राती अवैध २३ वटा गोरु सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । डुडुवा गाउपालिका ५ मा गोरुको अवैध तस्करी भइरहेको सुचनाको आधारमा गरिएको कारवाहीमा गोरु बरामद भएको प्रहरी भनाइ छ ।
प्रहरी टोलीले गोरुसहित मानिसहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बा“केका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बताए । पक्राउ पर्नेमा डुडुवा गाउपालिका वडा नं.५ का असिम क्षेत्री सोही ठाउ“का इर्साद खा“ र नेपालगन्ज उप–महानगरपालिका १८ का सोभान खा“ रहेका छन् ।
पक्राउ गरेका ३ जना कामदार मात्र भएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छली गरेर तस्करहरुले गोरु नेपाल भित्र्याएका र विशेष नाकाबाट भारतको दार्जिलिंग पठाउने योजना रहेको श्रोतको दावी छ । गोरुलाई हिडाएर बाकेको अगैयासम्म लगेर त्यहा“बाट ट्रकमा हालेर तस्कहरुले प्रदेश नं.२ को सिरहा जिल्लामा लगेर विस्तारै भारतीय क्षेत्रमा तस्करी गर्ने योजना रहेको खुलेको प्रहरी भनाइ छ । बरामद भएको गोरु र मानिसहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाएको प्रहरीले जनाएको छ ।
प्रहरीले २०७३ साल माघ महिना १० गते समेत दुई वटा ट्रकमा लोड गरि सिरहा लैजान थालिएको ६९ गोरु सहित दुई वटा ट्रक बरामद गरेर कारवाही अघि बढाएको थियो । बाँके हुँदै मासुजन्य प्रयोजनका लागि गोरु तस्करी हुँदै आएको प्रहरी दावी छ ।