बाँकेमा लागु औषधको सेवनकर्ता र कारोवारीको सख्यामा बृद्धि हुदै जान थाले पछि प्रहरी र नागरिक समाजका प्रतिनिधिले संयुक्त अभियान थाल्ने भएका छन् ।
प्रहरी नेपालगन्ज उपमहानगर–पालिकाका जनप्रतिनिधि र बिभिन्न मानव अधिकारवादी संघ संस्थामा आवद्ध संघ सस्था ब्यक्तिहरुको उपस्थितिमा भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको बैठकले ३३ सदस्यीय जिल्ला लागु औषध नियन्त्रण समिति गठन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरिक्षक टेक बहादुर तामाङले लागु औषध विरुद्ध अभियान प्रभावकारी रुपले सञ्चालन गर्न नियन्त्रण समिति गठन गरिएको जानकारी दिए । विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ‘सिधा कारवाही’ लागु औषध नियन्त्रण गर्न तयार पारिएको कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा बृहत छलफल भएको थियो । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले कार्ययोजनाका साथ लागे प्रहरी र नागरिको सहकार्यमा लागुऔषध नियन्त्रणमा लिन सकिने धारणा राखिन् । उनले त्यसका लागि सबैले आ–आफ्नो ठाउ“मा सक्रिय रुपमा अभियानलाई सहयोग पुर्याउनु पर्ने धारणा राखिन् ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अयार्लको संयोजकत्वमा भएको समितिमा नेपालगन्ज नगरपालिका, महिला तथा बालबालिका कार्यालयका प्रीतनिधि, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष बसन्त गौतम, अधिकारकर्मी प्रभात कुमार ठकुरी, एनजिओ फेडेरेसनकी सपना भट्टराई सदस्य छन् ।
लैंगिक हिंसा न्यूीनकरण संजालकी रचना श्रेष्ठ, सहारा हाउसका ओबिराज क्षेत्री, न्यायका लागी द्वन्द्व पीडित समाजकी चन्द्रकला उप्रेती, पश्चिम ताराकी परिना चौधरी, फातिमा फाउण्डेसनकी मैमुना सिद्धिकी, माइती नेपालका केशव कोईराला, साथीकी कमला पन्त लगायतलाई ३३ सदस्यीय जिल्ला लागु औषध नियन्त्रण समितिमा सदस्य बनाइएको
छ ।
संयुक्त भेलाले सिडाको कार्ययोजनालाई मुर्तरुप दिन तत्काल समितिको बैठक बसी लागू औषध बिरुद्धको क्रियाकलापहरुलाई व्यापक रुपमा संचालन गर्ने निर्णय गरेको समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी
दिए । भेलाले स्थानीय तहसंग समन्वय गरी प्रत्येक वडा÷वडामा अध्यक्षहरुको संयोजकत्वमा समिति गठन गरी अभियान संचालन गर्न निर्णय पनि गरेको सदस्य गौतमले जानकारी दिए ।