आज ख्रिष्टमस मनाइदै

इसाइ धर्मावलम्वीहरुको महान् पर्व ख्रिष्टमस आज सोमबार मनाइ“दैछ । ख्रिष्टमस तथा नजिकिंदै गरेको सन् २०१८ भव्य रुपमा मनाउन विभिन्न तयारीहरु गरिएका छन् ।

 

बाँके, बर्दिया सहितका विभिन्न जिल्लाहरुमा विगतका वर्ष झै यसपटक पनि ख्रीष्टमस अथवा बडादिनको निकै चहल–पहल बढेको छ । स्थानीय होटलहरुले पनि ख्रिष्टमस र नया बर्षलाई विशेष बनाउन विभिन्न तयारी गरेका छन् ।
इसाई धर्मालम्बीहरुले २५ डिसेम्बरलाई खास दिन मानी विशेष हर्षोउल्लासका साथ ख्रिष्टमस मनाउने गरेको पाइन्छ ।
इसाई धर्मालम्बीले प्रभु येसु ख्रिष्ट, जिसस क्राइस्टको जन्मदिनका रुपमा ख्रिष्टमस डेलाई मनाउने गर्छन् ।

 

ख्रिष्टमस तथा वडा दिनलाई विशेष बनाउन इसाई धर्मालम्बीहरुले यस क्षेत्रका विभिन्न चर्चहरुमा पनि सामुहिक प्रार्थना, सांस्कृतिक कार्यक्रम, मिठा पकवान खानेकुरा लगायतको ब्यवस्था गरेका छन् । इसाई धर्मालम्बी विश्वासीहरुकोे घर–आँगनमा बाजागाजा सहित गएर संयुक्त संगती, प्रार्थानाको आयोजना गरि गाउँदै, नाच्दै क्यारोल खेल्ने गर्दछन् । ख्रिष्टमसका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । गत मंसिर १४ गते गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी ख्रिष्टमसको बिदा सार्वजनिक गरेको थियो ।

 

इसाई धर्मावलम्वी मात्र नभई पछिल्लो समय ख्रिष्टमस डेलाई अन्य समुदायका ब्यक्तिहरुले पनि खानपिन, आपसमा खुसीयाली साटा–साट गरी ख्रिष्टमस मनाउने गरेका छन् । एक समुदायको चार्डपर्व, खुसीयालीमा अर्को समुदाय सहभागी भईदिँदा त्यसले आपसमा मित्रता, समाजमा शान्ति स्दभाव र एकता कायम राख्न अझ थप बल पुग्ने विभिन्न समाजसेवी बुद्धिजिवी वर्गको विश्वास छ ।

प्रतिक्रिया

प्रतिक्रिया