म्यादी प्रहरीद्वारा सामूहिक बलात्कार !!! घटना मिलाउन खोजेको भन्दै गाउँले आक्रोशित

बाँके नरैनापुर–५ मा १४ बर्षिय किशोरी सामूहिक बलात्कारको पीडामा परेकी छन् । इलाका प्रहरी कार्यालय भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलेको हो ।

किशोरी कराएपछि उद्दार गर्न पुगेका गाउँलेहरुले म्यादी प्रहरी टेक बहादुर विकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घटनामा संलग्न दुई बाँकी २ जना म्यादी भने फरार भएको बताइएको छ । स्थानीय स्तरमै घटना मिलाउने प्रयास गरेपछि अहिले विवाद सुरु भएको छ ।

किशोरीको मानसिक अवस्था विक्षिप्त रहेको गाउँलेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया