संगीतमय बन्दै शैक्षिक महोत्सव

नेपालगन्जमा जारी आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा दिनहु जसो राष्ट्रिय स्तरका कलाकारहरुले दर्शक तताइरहेका छन् । नेपालगन्जमा बढ्दो चिसोलाई सडक डिभिजन परिसरमा आयोजित महोत्सवमा दिनहु“ बढिरहेको भीडमा कलाकारहरुको प्रस्तुतिले माहोल तताएको हो ।

 

कलाकारहरुले सहभागी हजारौं सर्वसाधारण तथा विद्यार्थी बालबालिकाहरुलाई अध्ययनको प्रोत्साहन पनि गर्ने गरेका छन् । ‘सोमबार लोक गायक बद्री पंगेनीले दर्शकहरुलाई पुस्तक पढ्ने बारे घतलाग्दा विषयहरु बोल्नुभयो’, महोत्सव सांस्कृतिक उपसमितिका संयोजक मुकुट ढकालले दैनिक नेपालगन्जसगभने, ‘हामी कलाकारहरु मार्फत मनोरञ्जनस“गै प्रेरक सन्देशहरु पनि प्रवाह गर्न खोजिरहेका छौं ।’
सोमबार बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले लोकगायनको क्षेत्रमा देखाएका प्रतिभाहरु नेपालगन्जमा प्रदर्शन गरे । पंगेनीसगै दर्शकहरुलाई लोक गायिका सम्झना भण्डारीले जमेर दोहोरी सुनाइन् । यतिबेला युवाहरु माझ चर्चित गीत कुटुमा कुटु सुपारी दाना गाउन राजनराज सिवाकोटी मञ्चमा उक्लदा सहभागी युवा विद्यार्थीहरु जुरुक्कै उठेर आयोजना स्थललाई उत्सवमय बनाएका थिए ।

 

‘अबेर साझसम्म कलाकारहरुले जाडो नभनेर आफ्नो प्रस्तुति देखाइरहे भने दर्शकहरु ढिलो भयो नभनेर मनोरञ्जन लिइरहे’, संयोजक ढकालले मंगलबारको प्रस्तुतिलाई अझ आकर्षक र सन्देशमूलक बनाउने तयारीमा जुटिरहेको बताउ“दै भने, ‘मंगलवारका लागि चर्चित लोक गायक पशुपति शर्मा आउदैछन् ।’

 

बद्री पंगेनीको प्रस्तुति मंगलबार पनि उत्तिकै गर्मजोशीका साथ रहने जानकारी दिंदै आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले स्थानीय कलाकारहरुलाई समेत उत्तिकै स्थान दिएको जनाएको छ । ‘कला साहित्यको प्रवद्र्धन पनि हाम्रो दायित्व हो’, महोत्सव प्रचार संयोजक बसन्त लामिछानेले भने ।
सोमबार शंकर बिसी र आरुषि मगरको जोडीले दमदार नृत्य प्रस्तुत गरेको थियो भने आज मंगलबार नेपाल आइडलका चर्चित कलाकार सुरज थापादेखि उमा खनालसम्मको थप प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । ‘बद्रीदेखि पशुपतिसम्म सुरज देखि उमा सम्मका प्रस्तुतिहरुले मंगलबार पर्खिरहेको छ’, ढकालले भने ।

प्रतिक्रिया

प्रतिक्रिया