महोत्सवमा एकै दिन ५० हजार दर्शक, आज पनि सांगीतिक कार्यक्रम

नेपालगन्जमा जारी शैक्षिक महोत्सवको शनिबार एकै दिन ५० हजार बढी दर्शकले अवलोकन गरेका छन् । कारका“दो स्थित सडक विभाग परिसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजना भैरहेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा दर्शकहरुको घुइ“चो लागेको हो ।

 

मेलामा बाके मात्र नभई बर्दिया र दाङ्गबाट समेत अवलोकनकर्ताहरु पुगेका थिए । ‘सबै किसिमका पुस्तक पाइने भएकाले मेला अवलोकनका लागि आइपुगेका हौं’, श्रेया शर्माले भनिन्, ‘महोत्सवमा पुस्तक प्रदर्शनी मात्र नभई सास्कृतिक समेत आयोजना भएकाले अझ रोचक पाए ।’

 

महोत्सवका दैनिक जसो अवलोकन कर्ता बढ्दै गएपछि आयोजक समेत उत्साहित भएका छन् । पठन संस्कृति लक्ष्य राखेर आयोजित शैक्षिक महोत्सवमा शनिबार मात्र ५१ हजार ३ सयले अवलोकन गरेको प्रचार संयोजक बसन्त लामिछानेले जानकारी दिए । मनोरञ्जनात्मक नृत्य, गीत तथा हा“स्यव्यङ्ग्यका कार्यक्रमले दर्शकलाई आकर्षित गरिरहेको आयोजकको धारणा छ । ‘पुस्तक अवलोकनस“गै मनोरञ्जन समेतको व्यवस्थाले दर्शकको घुइ“चो लागेको हो’, आयोजक भन्छन् ।

 

महोत्सवमा शनिबार पुस्तकको राम्रो कारोबार पनि भएको छ । प्रचार संयोजक बसन्त लामिछानेले शनिबार ४१ लाख ८६ हजारको कारोबार भएको जानकारी दिएका छन् । ‘अवलोकनकर्तास“गै खरिद गर्नेहरुको संख्या बढ्दो छ’, लामिछानेले भने । महोत्सवमा भुकम्पले भत्काएको काठमाडौंको ऐतिहासिक सम्पदा ‘धरहरा’ को झझल्को दिने ‘नमुना धरहरा’ समेत राखिएको छ । महोत्सवमा आउने दर्शकहरु उक्त धरहरा हेर्न झुम्मिएका हुन्छन् भने तस्वीर र ‘सेल्फी’ खिचिरहेका हुन्छन् ।

 

‘काठमाडौंको धरहरा कहिल्यै प्रत्यक्ष देख्न पाएको थिइन’, महोत्सव हेर्न कोहलपुरबाट आएकी दिपिका श्रेष्ठले भनिन्, ‘यहा हेर्न पाउ“दा खुसी लागेको छ ।’ श्रेष्ठले आर्कषक तरिकाले धरहरा बनाइएको छ । बास र बान्द्रो, इट्टा मिलाएर बनाएको सो धरहरा २४ फिटको रहेको छ । महोत्सवमा आज शंकर बिसी, रमेशराज भट्राई, टिका पुन, अन्जली अधिकारी, रोजिना अधिकारी लगायतका कलाकारहरुको प्रस्तुति रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया