हजुरहरु सपना देख्नुहोस हजुरहरुको सपना म पुरा गर्नेछुू : अथक

सरला सुबेदी
मंसिर २९,कोहलपुर

मंसिर २१गतेको संघ र प्रदेश सभाको निर्वाचनमा जनताको जनमतले बिजय भैइसके पछि गाउँगाउँ , टोलटोलमा गैइ निर्वाचित सदस्यहरुले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । धन्यवाद ज्ञापनका साथै गाउँगाउँ,टोलटोलमा गरिएको टोल भेलालाई सम्बोधन गर्दै आफुले निर्वाचन अघि गरेका प्रतिबद्धता पुरा गर्ने बाचा गरेका छन् ।

 

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले हजुरहरुलाई म आफ्नो ठाउको लागि राम्रो राम्रो सपना देख्न उत्साहित गराउछु किनकी हजुरहरुले सपना देखे हजुरहरुले देखेको सपना म पुरा गर्नेछु भन्दै प्रतिनिधी सभा सदस्य अथकले स्थानिय जनताले आफ्नो गाउँ र टोल बिकासको लागी कस्तो खालको खाका बनाएर दिनुहुन्छ त्यही अनुरुप म काम गर्नेछु भन्दै कोहलपुर नगरपालिका वडा नम्बर १३खड्कवारमा राखिएको भेलामा आफ्नो प्रतिबद्धता सहित मतदाता लाई धन्यबाद व्यक्त गरेका छन् ।

 

त्यस्तै वडा नम्बर १३को भेलालाई सम्बोधन र मतदाताहरुलाई धन्यबाद ज्ञापन गर्दै प्रदेश सभा सदस्य आरती पौडेलले हजुरहरुको अमुल्य मतको म सम्मान गर्नेछु हजुरहरुको सपना पुरा गर्न दिन रात लागी पर्नेछु भन्दै मैले निर्वाचन अघि गरेका बाचा अब पुरा गर्नेछु भन्दै आफ्ना प्रतिबद्धता मतदाता माझ राखेकी थिइन।

 

यसैगरी शुक्रबार नै कोहलपुर नगरपालिकाले पनि नवनिर्वाचित प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मान गरेको थियो र कोहलपुर नगरपालिका को वडा नम्बर ८को वडा कार्यलय शुक्रबार नै नवनिर्वाचित प्रदेस सभा सदस्य आरती पौडेल बाट वडा कार्यलय उद्घाटन सङ्गै प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मान गरिएको थियो।निर्वाचन अगाडी मतदाताहरुको घर घरमा पुगे जस्तै निर्वाचन जितेपछी पनि हाम्रो घर घर आउनु पर्ने मतदातको चाहाना अनुरुप सबै वडाहरुमा धन्यवाद ज्ञापन गर्दै मतदाताहरुले पनि आफ्नो मतको राम्रो कदर गर्ने व्यक्तिले जितेको मा बधाई तथा सम्मान गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया