समानुपातिक : बाकेमा काग्रेस पहिलो, पढ्नुस् कसले कति पाए

बाकेमा समानुपातिक तर्फको मतगणना पनि सकिएको छ । बुधबार दिउसो सबै मतगणना सकिएको बाकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । सुवेदीको जिम्मेवारीमा रहेको बाके क्षेत्र नं. २ मंगलबार नै गणना सकिएको थियो भने क्षेत्र नं. १ र ३ को गणना शुक्रबार सकिएको हो ।

प्रत्यक्षतर्फ बाके क्षेत्र नं. २ को ख बाट प्रदेशसभा मात्र जित्न सफल नेपाली काग्रेस पार्टी बाकेको समानुपातिक तर्फको मतमा भने प्रतिनिधिसभा तर्फ समेत पहिलो भएको छ । काग्रेसले समानुपातिक तर्फ बाकेमा प्रतिनिधिसभा सदस्यमा ५० हजार ८ सय ५६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । झण्डै दुई हजार मत कम नेकपा एमालेले ४८ हजार ६ सय ९७ मत प्राप्त गरी जिल्लामा दोस्रो हुन सफल भएको छ ।

संघीय समाजवादी फोरम नेपालले २६ हजार ६४ मत प्राप्त गरी जिल्लामा तेस्रो स्थान हासिल गरेको छ भने माओवादी केन्द्रले २२ हजार ७ सय ३२ मत प्राप्त गरेको छ । लोकतान्त्रिक गठबन्धनको एउटा घटक राप्रपाले भने ८ हजार १ सय ४ मत मात्र प्राप्त गरेको छ । काग्रेसले क्षेत्र नं. १ बाट २० हजार ९ सय २६, २ बाट ९ हजार ६ सय २२ र क्षेत्र नं. ३ बाट २० हजार ३ सय ८ मत प्राप्त गरेको छ । त्यही एमालेले क्रमशः १८ हजार ५ सय ५२, ९ हजार ८ सय ७७ र २० हजार २ सय ६८ मत प्राप्त गरेको छ ।

फोरमले भने सबैभन्दा बढी क्षेत्र नं. २ बाट र सबैभन्दा कम क्षेत्र नं. ३ बाट प्राप्त गरेको छ । फोरमले १७ हजार ३ सय ७ क्षेत्र नं. २ बाट, क्षेत्र नं. १ बाट ४ हजार ९ सय ७२ र क्षेत्र नं. ३ बाट ३ हजार ७ सय ८५ मत प्राप्त गरेको छ ।
प्रदेश तर्फ क्षेत्र नं. १ क बाट का“ग्रेसले ७ हजार ७ सय ३३, एमाले ५ हजार ८ सय ८५ र माओवादीले ५ हजार ५ सय ७२ मत प्राप्त गरेको छ । ख मा भने एमालेले निकै फराकिलो मत प्राप्त गरेको छ । एमालेले समानुपातिक तर्फ प्रदेश ख मा ११ हजार ६ सय ४९ मत प्राप्त गरेको छ । काग्रेसले ९ हजार ४ सय १३ र माओवादी केन्द्रले ५ हजार ६ सय ५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

क्षेत्र नं. २ क र ख गरी फोरमले १५ हजार ४ सय ८७ मत, एमालेले ८ हजार ६ सय ४६, काग्रेसले ८ हजार ७ सय १७ र माओवादीले २ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । क्षेत्र नं. ३ को क मा काग्रेसले १० हजार ८ सय १८, एमाले १० हजार ९ सय ९४ र माओवादीले ४ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् । विभिन्न १६ वटा दलले भाग लिएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ सबैभन्दा कम बहुजन समाज पार्टीले १ मत मात्र प्राप्त गरेको छ ।

त्यस्तै, ३ को ख मा सबैभन्दा बढी नेकपा एमालेले ७ हजार ९ सय ८६ मत प्राप्त गरेको छ भने सबैभन्दा कम संघीय लोकतान्त्रिक पार्टी मञ्च थरुहटले एक मत मात्र प्राप्त गरेको छ । नेपाली का“ग्रेसले ६ हजार ८ सय ९० र माओवादी केन्द्रले ३ हजार ९ सय १ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया