यस्तो छ, राईको रोजगारी सुत्र

कृष्ण अधिकारी

पूर्व श्रममन्त्री इस्तियाक राईले बाम तथा लोकतान्त्रिक गठबन्धन, राजपाको घेरान्दीलाई तोड्दै दोस्रो पटक प्रतिनिधि सभाको सदस्यमा अत्यधिक बहुमतका साथ बिजयी भए । ३८ बर्षिय राईले नेपालगन्जका मात्रै नभएर नेपाल मै चर्चित युवा नेताको रुपमा आफुलाई स्थापित गराएका छन् ।

 

मधेशी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका राई २०६४ सालमंै बाँके क्षेत्र नम्बर २ बाट सभासद भएका थिए । २८ बर्षमा सभासद् र ३२ बर्ष मै मन्त्री बने । झलनाथ खनाल नेतृत्वको सरकारमा ३ महिना श्रम मन्त्री बने । पूर्व श्रममन्त्री राईले नेपाली युवालाई नेपाल मै रोजगार भन्ने मुख्य नाराका साथ चुनाबी मैदानमा उत्रिएका थिए ।
बाँकेको क्षेत्र नम्बर २का मतदाताले अत्याधिक बहुमतका साथ जिताएर राईको नेपाली युवालाई नेपाल मै रोजगार भन्ने नारालाई कार्यान्बयन गर्नका लागि जनादेश समेत दिएका छन । नेपाली युवालाई नेपाल मै रोजगारी भन्ने नारा जति आकर्षक छ त्यति नै त्यो नारालाई कार्यान्बयन गर्ने चुनौती पनि छन ।

 

राई भने नेपालमा रहेका करिब साढे २२ लाख बिदेशी अबैध कामदारहरुलाई हटाएर नेपाल मै नेपाली युवालाई रोजगार दिनका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता लाई दोहो¥याएका छन । राई आफुले उपयुक्त अबसर पाए सहजै एकै पटक २०÷२५ लाख युवालाई नेपाल मै रोजगारी दिने दाबी गरेका छन । राजनीति शास्त्रमा एम ए गरेका राई भन्छन् नेपालको प्रचलित कानुन बमोजिम श्रम स्बीकृती नलिई कुनै पनि बिदेशी श्रमिकले नेपालमा काम गर्न पाउदैन । तर नेपालमा साढे २२ लाख बिदेशी कामदारले श्रम स्बीकृति नलिई काम गरेका छन् । भने अर्काे तर्फ नेपाली युवाहरु काम नपाएर खाडी मुलुकमा गएर ४५ देखि ५५ डिग्री तापक्रममा काम गर्न बाध्य छन । दैनिक हजारौ युवा श्रमको लागि बिदेश पलायन भइरहेका छन । श्रमको खोजीमा बिदेश गएका नेपाली श्रमिकहरुको नेपालमा २ देखि ३ जना वटा शब आउने कहाली लाग्दो अबस्था छ ।

 

नेपालीले गर्न सक्ने सबै काममा अनिबार्य रुपमा नेपाली श्रमिकलाई प्राथमिकता दिने र नेपालका आबश्यक पर्ने दक्ष श्रमिकका लागि तालिमहरु संचालन गर्न सके नेपाल मै नेपालीले रोजागर पाउन सक्छन र त्यो सम्भब पनि छ । ‘म श्रममन्त्री हुँदा २०६८ सालमा श्रम स्बीकृति नलिएका बिदेशी श्रमिकहरुलाई श्रम स्बीकृतीका लागि सुचना जारी ३ दिन भित्र करिब ६० हजारले निबेदन दिएका थिए,’ उनी भन्छन् ।
‘दुर्भाग्य बस त्यति बेला सरकार परिबर्तन भयो र मैले थप काम गर्न सकिन, राइ भन्छन्, ‘मैले पुनः अबसर पाउने हो भने मैले नेपाल मै नेपाली युवाहरुलाई रोजगार दिन सक्छु । त्यसका लागि इच्छा शक्ति र आट चाहिन्छ त्यो म संग छ ।’ उनको भनाइ छ, नेपाली युवालाई नेपाल मै रोजगारी दिने देखि मधेशी जनता माथि भई रहेको बिभेदको अन्त्य, सबै भाषा र धर्मालम्बी सम्मान र सदभाब कायम राख्दै नेपालगन्जलाई नेपाल कै औद्योगिक र पर्यटकीय शहरको रुपमा नेपालगन्जलाई बिकास गर्नु पर्छ ।
त्यसै गरी ढल निकास, बाढी तथा डुवानको समस्या समाधान गर्ने, राप्ती नदीमा स्थायी तटबन्धको व्यवस्था गर्ने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, नेपालगन्जमा विश्वविद्यालय निर्माण गर्ने, भेरी अञ्चल अस्पताललाई स्तरोन्नती गरी सरकारी मेडिकल कलेज बनाउने, सुख्खा बन्दरगाह, चक्रपथ निर्माण जस्ता कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता दोहो¥याएका छन् । नवनिर्वाचित सांसद् राईले सोमबार मात्रै नेपालगन्जमा पत्रकार सम्मेलन गरी आफूलाई साझा रुपमा जनताले मतदान गरी जिताएकाले समग्र नेपालगन्जको विकासका लागि केन्द्रित हुने बताए ।

 

आफूले अघि सरेका एजेण्डा र मतदाता माझ प्रस्तुत गरेका प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने दृढता व्यक्त गरेका राईले त्यसका लागि आफूसँगै निर्वाचन लडेका सबै उम्मेदवार र राजनीतिक दलहरुसँग सहकार्य गर्ने बताए । ‘चुनावी प्रतिस्पर्धा सकियो,’ राईले भने अब विकासका लागि सबै सहकार्य गरौं ।’

प्रतिक्रिया

प्रतिक्रिया