सम्मापुर्वक बाँच्नलागी मानव अधिकार

वसन्त गौतम

उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले सम्मानपुर्वक बाँच्न लागी मानव अधिकार अत्यावश्यक भएको बताएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार र संघियता बिषयक कार्यक्रममा बोल्दै न्यायाधीश सुवेदीले मानव अधिकार जिवन पद्धती, सभ्यता र संस्कार भएको उल्लेख गर्दै न्यायाधीश सुवेदीले मानव औचित्यको सम्मान नगरिए बिश्वमा शान्ति कायम नहुने बताईन ।

 
नेपालमा बिधिको पालना गर्ने कुरामा थिति बिग्रिएकोले बिधिको पालना गर्ने सस्कार बसाउन सकिए ब्यक्तिको मानव अधिकार संरक्षण हुन सक्ने न्यायाधीश सारङ्गा सुवेदीको भनाई थियो । न्यायको समुचित ब्यवस्थापन गर्नु पर्नेमा जोड दिदै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुवेदीले शक्तिशालीले अन्याय गर्न सक्ने भएकाले निमुखाले न्याय पाएमात्र मानव अधिकार संरक्षण हुने बताईन ।

 
कार्यक्रममा बोल्दै नेपालगंग उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले आफ्ना कमी कमजोरी सुधार गर्दै मानव अधिकारको संरक्षण र संम्बद्र्धन गर्न आफ्नो कार्यालय प्रतिवद्ध रहेको बताए । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको संरक्षण हुनु पर्ने भन्दै मेयर राणाले मानव अधिकारको संरक्षणका लागी सरकारी र गैर सरकारी निकायको समन्वयात्मक भुमिका हुनु पर्नेमा जोड दिएका थिए ।

 
कार्यक्रममा बोल्दै संघिय प्रहरी इकाई नेपालगंजका प्रहरी वरिष्ठ उपरिक्षक महेश बिक्रम शाहले मानव अधिकारको उल्लघंन नहोस भन्ने आजको प्रहरी संगठन सचेत रहेको भन्दै कानूनी शासनको स्थापना र ब्यक्तिको मानव अधिकार संरक्षणमा नेपाल प्रहरी प्रतिवद्ध रहेको बताए । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाकी उपप्रमुख एकमाया बिकले सबै ब्यक्तिको मानव अधिकारको सम्मान र संरक्षण हुनु पर्ने भन्दै र मानव अधिकारको प्रत्याभुतिका लागी आफु प्रतिवद्ध रहेको
बताइन ।

 

समानता न्याय र मानव मर्यादाका लागी आवाज उठाउ भन्ने मुल नाराका साथ मनाइएको मानव अधिकार दिवसका सहभागीहरुले स्थानिय निकायका जनप्रीतनिधिहरुलाई प्रभावकारी सेवा प्रवाह गर्दै मानव अधिकारको सम्मान, संरक्षण र कार्यान्वयन लागी प्रभावकारी भुमिका खेल्न आग्रह गरेका थिए । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेललले स्थानिय निकायले बिभेदरहित, पारदर्शि, जवाफदेहि र मानव मर्यादालाई सम्मान गर्दै सेवा प्रवाह गर्नु पर्नेमा जोड दिए । मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यका निकाय र जनप्रतिनिधिहरुले ठोस कार्ययोजना बनाएर मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्नु पर्नेमा खरेलले जोड दिएका थिए ।

 
राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगंज लगायत नेपालगंज उच्च अदालत बार एशोसिएसन, फियान नेपाल, एनएनडिएस,फेडो, सिविन, फातिमा फाउण्डेसन, इन्सेक, हरप्लेस,थर्ड एलायन्स, कोक्याप, बिगु्रप, आईएचआरसि, महिला कानून र बिकाश मञ्च, ल्याक, स्याक लगायतका मानव अधिकारवादी संघ सस्थाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बल बहादुर चन्द, फियान नेपालका क्षेत्रीय प्रमुख सुरेश कुमार गौतम, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, गैर सरकारी सस्था महासंघ बाँकेकी कार्यवाहक अध्यक्ष सपना भट्टराई, नेपालगंज उद्योग ब्यापार संघकी तारा रोकाय लगायतका वक्ताले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा सबैले जिम्मेवार र जवाफदेहि बन्नु पर्नेमा जोड दिएका थिए । यस्तै मानव अधिकार दिवस अर्थात १० डिसेम्बरका दिन बिहान प्रभात फेरीका साथ महिला हिंशा बिरुद्धको १६ दिने अभियानको समापन गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया