प्रदेश नं. ५ मा ४० हजार सुरक्षाकर्मी परिचालन

नेपाल प्रहरीको पाच नं. प्रदेश कार्यालय तुल्सीपुरले निर्वाचन सम्बद्ध सबै निकायहरुसगको समन्वयात्मक निर्वाचन सुरक्षा व्यवस्था मजबुत बनाइएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
बुधबार प्रवक्ताले जारी गरेको प्रेस नोटमा चार वटै सुरक्षा निकायका ४० हजार बढी सुरक्षाकर्मी परिचालन गरि सुरक्षा स्थिति सुदृढ बनाइएको उल्लेख छ । बुधबार प्रदेशका उच्च सुरक्षा अधिकारीहरुले विभिन्न मतदान केन्द्रको निरीक्षण अनुगमन समेत गरेको प्रदेश प्रहरीका प्रवक्ताले जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया