पूर्वी रुकुमको चुनावी माहोल–‘कतै घरदैलो कतै आमसभा’

गणेश ओली
रुकुम (पूर्व) २९ कार्तिक । स्थानीय तहको निर्वाचनमा माओवादीद्धारा सम्पूर्ण गाउँपालिका जितेको पूर्वी रुकुममा वामपन्थिहरुले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका लागि आक्रामक रुपमा प्रचार प्रसार गरिरहेका छन् । नेपाली काङ्गरेस, नयाँ शक्ति नेपाल लगाएतका दलको उम्मेदवारी रहे पनि वामपन्थिका साझा उम्मेदवारहरु कमला रोका, तेजबहादुर ओली र पूर्णबहादुर घर्तिको प्रचार शैली आक्रामक रहेको छ ।

 
अन्य दलहरुले पनि प्रचार प्रसार गरे पनि ठूला सभा गर्न सकेका छैनन् । पूर्वी रुकुममा प्रतिनिधी सभामा वामपन्थिका साझा उम्मेद्वार, नोपाली काङ्गरेस र नयाँ शक्तिका उम्मेदवार विच प्रतिष्पर्धा देखिएको छ । तर माओवादीको आधार ईलाका सो क्षेत्रमा कमला रोकाको विजय सुनिश्चित जस्तै रहेको स्थानीय बुद्धिजीवी तथा अगुवाहरुको विश्लेषण छ ।
पूर्वी रुकुममा आउँदो मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि एमाले र माओवादीका तर्फवाट साझा प्रचार प्रसार टिम बनाएर विभिन्न शैलीमा प्रचार गरिरहेको एमाले नेता टोपबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा पूर्वी रुकुम प्रदेश सभा क्षेत्र नं. १ मा विभिन्न गाउँमा सभा सम्पन्न भइसकेको छ भने प्रदेश सभा क्षेत्र नं. २ मा पार्टीका आन्तरिक भेटघाट तथा घरदैलो भएको थियो भने दोश्रो चरणमा प्रदेश सभा क्षेत्र नं. २ मा आम सभा तथा क्षेत्र नं. १ मा घरदैलो कार्यक्रम चलिरहेको छ ।

 
प्रदेश सभा क्षेत्र नंं १ अन्तर्गत भुमेको महत, धर्मशाला, सिमा, काक्री, लुकुम, पुथा उत्तरगंगाको कोल, राङसी, तकसेरा, ओख्मा, मयाङ, हुकाममैकोट, रन्मा, अर्जल, खाराबाङ, जाङ, चारगाउँ गरि ११ वटा स्थामा चुनावी सभा सम्पन्न भएको सोहि क्षेत्रका प्रदेश सभा उम्मेद्वार तेजबहादुर ओलीले जानकारी दिनुभयो । सभालाई माओवादी नेताहरु गणेशमान पुन, प्रदेश सभा प्रत्यक्ष तर्फकी उम्मेद्वार कमला रोका, प्रदेश सभाका उम्मेदवार तेजबहादुर ओली, एमाले नेताहरु खेममान खड्का, नन्दलाल शर्मा, देवी ओली, टोपबहादुर ओली लगाएतले सम्बाोधन गरिरहनुभएको छ ।
अन्य दलहरुले पनि साना साना सभा तथा घरदैलो गरिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया