कार्तिक २४ नेपालगन्ज
महिला मानव अधिकार रक्षक सन्जाल बाँकेको आज बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा महिलालाइ उपेक्षा गरेको निष्कर्ष निकालेको छ ।
महिला मानवअधिकार रक्षक सन्जाल बाँकेका अध्यक्ष अछरी पोखरेलकोअध्यक्षतामा बसेको बैठकले स्थानिय निकायमा ४० र प्रदेशमा महिलाको सहभागीता ३३ प्रतिशत ग्यारेन्टी गरेको भएतापनि प्रदेश सभा र प्रतिनिधि सभामा महिला न्युन रहेको प्रति सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराएको छ । साथै बैठकले दलहरुले महिलालाइ उपमेयर,उपाध्यक्ष र समानुपानिकमा थन्काएको प्रमुख र प्रत्येक्षमा चुनाव लड्नबाट बन्चित गरेको भन्दै आगामि दिनमा महिलालाइ प्रमुख पद सहित हरेक निकायमा ५० प्रतिशत महिला हुन पर्ने माग गरेको छ ।
साथै बैठकले संविधानलाइ कार्यान्वयन गराउनको निम्ति बाँकेका ३ बटै निर्वाचन क्षेत्रमा क्षेत्रिय कमिटि निर्माण गर्ने, प्रशिक्षण संचालन गर्ने, सम्पुर्ण महिला मानवअधिार कर्मी महिलाहरुलाइ स्वच्छ चुनावी प्रचार प्रसारमा खटिन पनि निर्देशन गरेको संजालका कोषाध्यक्ष कौशीला जैसीले जानकारी दिनु भयो ।