पत्रकारलाई कर शिक्षा

पत्रकारहरुले न्यायोचित कर प्रणालीका लागि वकालत गर्ने भएका छन् । नेपाल पत्रकार महासंघ बा“केको आयोजना मध्य तथा सुदूरपश्चिमाञ्चलका १० जिल्लाका पत्रकारहरुका लागि आयोजित कर शक्ति बारे कार्यशालाका क्रममा पत्रकारहरुले कर प्रणाली सुधारका लागि वकालत गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 
कर प्रति जनतालाई जिम्मेवार बनाउने र करको पुर्नविचरणका लागि सरकारी निकायलाई उत्तरदायी बनाउनका लागि आ–आफ्नो ठाउबाट सचेतना फैलाउने पनि पत्रकारहरुले प्रतिबद्धता व्यक्त गरे । १० जिल्लाका झण्डै ३० जना पत्रकार सहभागी कार्यक्रम एक्सन एडको सहयोगमा सञ्चालन गरिएको हो ।

 
एक्सन एड पश्चिमाञ्चल संयोजक सरोज पोखरेल, परियोजना अधिकृत विशाल रानामगरले पत्रकारहरुका लागि कर शक्तिबारे अभिमूखिकरण गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बाकेका अध्यक्ष ठाकुर सिंह थारु सिंह थारुको अध्यक्षतामा भएकोमा पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, निवर्तमान झलक गैरे, शाखा उपाध्यक्ष रुपा गहतराज लगायतले बोलेको शाखा सचिव तिलकले जानकारी दिए । अभिमूखिकरणमा सहभागी १० जना पत्रकारले आ–आफ्नो जिल्लाका विद्यमान अवस्थास“ग जोडेर अनुसन्धानमूलक वृत्ति प्राप्त गर्नेछन् । अनुशिक्षणमा बाँके, बर्दिया, दाङ, सुर्खेत, डोटी, बाजुरा, रुपन्देही, पाल्पा, नवलपरासी र कैलालीका पत्रकार सहभागी छन् ।

 
करशक्ति र यसको प्रभाव अनुशिक्षणको मुख्य विषय रहेका छन् । सर्वसाधारणले तिरेको कर शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको प्रभावकारिताबारे चर्चा गरिएको थियो । त्यस्तै समान र न्यायोचित कर प्रणालीबारे समीक्षा गरिएको छ । कार्यक्रममा पत्रकार महासंघ बा“केका सहसचिव काशिराम शर्मा र सरला सुवेदी लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया