सहर जोड्ने दौड

बिस्तृत शान्ति सम्झौताको स्मरणमा बर्षेनी मंसिर ५ गते आयोजना गरिंदै आएको नेपालगन्ज म्याराथन २०१७ को घोषणा गरिएको छ । सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आयोजक क्रियटिभ ह्याण्डसले नेपालगन्ज म्याराथनको तेस्रो संस्करण आयोजनाको घोषणा गरेको हो ।

 

 
तेस्रो संस्करणलाई म्याराथन स“गै बहुभाषिक सा“स्कृतिक उत्सवका रुपमा तयारी गरेको आयोजकले विभिन्न ७ वटा इभेन्ट त्यसक्रममा आयोजना हुने जनाएको छ । ‘नेपालगन्जलाई ब्रान्डिङ्ग गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने आयोजनाको प्रमुख उद्देश्य हो’, पत्रकार सम्मेलनमा क्रियटिभ ह्याड्सका अध्यक्ष टिएस ठकुरीले भने, ‘यो नेपालगन्जको साझा आयोजना हो ।’ खेलाडी जन्माउने, प्रवद्र्धन गर्ने र नेपालगन्जको ऐतिहासिकतालाई कोहलपुर स“ग जोड्ने उद्देश्य पनि राखिएको धारणा राख्दै ठकुरीले भने, ‘यो दुई सहर जोड्ने दौड हो ।’

 

 
‘शान्ति, सद्भाव र एकता राष्ट्र निर्माणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ क्रियटिभ ह्याण्डसले २०७२ सालदेखि नेपालगन्ज म्याराथन आयोजना थालेको हो । नेपाल एथलेक्टिक्स संघले मान्यता दिएको म्याराथन आयोजनास“गै हाफ म्याराथन, विद्यालय स्तरीय दौड, ह्विल चियर दौड, विद्यालय स्तरीय नृत्य प्रतियोगिता र शान्तिदीप प्रज्वलन गरिनेछन् । ‘नेपालगन्जबाट आयोजना हुने इभेन्टको समापन शान्ति दीपस“गै समापन गरिनेछ’, ठकुरीले भने ।

 

 
१६ लाख खर्च अनुमान गरिएको म्याराथन बा“के जिल्ला एथलेक्टिक्स संघले सहआयोजना र मध्यपश्चिम खेलकुद विकास समितिको समन्वयमा आयोजना गरिंदैछ । ‘खेलकुद क्षेत्रमा ऐतिहासिक इभेन्टका रुपमा यसलाई स्थापित गर्ने उद्देश्य हो’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने, ‘नेपालको ऐतिहासिक घटनाक्रम शान्ति सम्झौताको सम्झना र शान्तिप्रतिको उत्कट चाहना तथा खुशीलाई उत्सवका रुपमा मनाउने आयोजना हो ।’

 
आयोजकका अनुसार, नेपालगन्ज म्याराथनका लागि नेपालगन्ज रंगशालाबाट कोहलपुर चौराहा भन्दा ८ सय मिटर पर पुगेर फर्कने दौडमा ४२.१९५ किलोमिटरमा पुरुष प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुका लागि नेपालगन्ज हाफ म्याराथन २१ किलोमिटर दुरी राखिएको छ । विद्यालय स्तरीय ५ किलोमिटर छात्र र छात्राको छुट्टाछुट्टै सडक दौड पनि प्रतियोगिता राखिएको छ । म्याराथनका लागि ५ हजार देखि ५५ हजारसम्मका लागि पुरस्कार राशी र हाफ म्याराथनका लागि ५ हजारदेखि ३० हजारसम्मका पुरस्कार राशी राखिएको आयोजकले दिएको जानकारीमा उल्लेख छ । ‘सबैको सहकार्यबाट नेपालगन्ज म्याराथनले बर्षेनी उचाइ लिंदै गएको छ’, सोमबारबाट तेस्रो संस्करण तयारीमा जुटेका आयोजक मूल समिति संयोजक ठकुरीले आवेदन खुल्ला गरिएको घोषणा गर्दै भने । प्रतियोगिता आगामी मंसिर ५ गते मंगलबार हुनेछ ।

 

 

एक दशकलामो सशस्त्र द्वन्द्वको विधिवत अन्त्य गर्न सरकार र तत्कालीन विद्रोही माओवादी बीच भएको बिस्तृत शान्ति सम्झौता २०६३ मंसिर ५ गते गरिएको थियो । ‘नेपालीको शान्ति र सद्भाव प्रतिको दृढ संकल्पको उच्च सम्मान गर्दै आयोजनाका लागि यो दिन रोजिएको हो’, आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले भने । कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्त कुमार शर्मा, एथलेक्टिक्स प्रशिक्षक बिक्रम थापा, पूर्व सांसद साविया प्रविन लगायतले आयोजना बारे सकारात्मक धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया