स्याङजा समाज जापानले आज बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण गरेको छ ।
आज एक कार्यक्रमका बिच बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का बाढिपिडितहरुलाई १ लाख ५० हजार मुल्यको राहात वितरण गरीएको हो ।
स्याङजा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको सो रकमबाट २ सय ७० घरपरिवारलाई झुल र धोति वितरण गरीएको राहात वितरण कार्यक्रमका संयोजक पत्रकार साबित्रि गिरीले बताउनुभयो ।बाढि पिडितहरुको माग अनुसार नै राहात वितरण गरीएको उहांले बताउनुभयो ।राहात वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बाढि प्रभावित क्षेत्रहरुमा देश विदेशबाट सहयोग जुट्दा राहात पुराउन सहज भएको बताउनुभयो ।
उहांले बाढि प्रभावित क्षेत्रहरुमा छिट्दै सम्पुर्ण राहात सहितको प्याकेज पुराउने पनि बताउनुभयो । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रतिनिधि ,वडा नम्बर ३ का जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।