माओवादी पसे मधेसी नेता

मधेस केन्द्रित दलका केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बाकेमा रहेका मधेस केन्द्रित दलका अगुवाहरु बिहीबार औपचारिक कार्यक्रम माओवादी प्रवेश गरेका हुन् ।

 
नेकपा माओवादी केन्द्रको मुख्यालय काठमाडांैमा आयोजित कार्यक्रम बीच पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनीहरुलाई पार्टी प्रवेश सगै स्वागत गरेको बाके प्रचार सचिव चिरञ्जीवि ओलीले जानकारी दिएका छन् ।

 
यसरी माओवादी केन्द्र प्रवेश गर्नेहरुमा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य आदेश कुमार अग्रवाल, ललित रौनियार, कलिम अन्सारी, उमाशंकर केसरवाल रहेका छन् । अग्रवाल नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष पनि हुन् ।

 
त्यस्तै, संघीय समाजवादी फोरमका पोलिटब्यूरो सदस्य जगदीश बहादुर सिंह, केन्द्रीय सदस्य कामता प्रसाद खटिक लगायत छन् । ‘मुख्य नेताहरुलाई पार्टी हेडक्वाटरमा स्वागत, सम्मान गरिएको छ’, प्रचार सचिव ओलीले भने, ‘पार्टी प्रवेशमा जिल्ला पार्टी संयोजक आइपी खरेल लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।’ उनले ठूलो संख्यामा मधेस केन्द्रित दलका कार्यकर्ताहरु पार्टी प्रवेश गरिरहेको जानकारी दिंदै भने, ‘बाकीलाई जिल्लामा भव्य कार्यक्रम बीच स्वागत गरिनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया