काफ्लेलाई युवा पुरस्कार

यस बर्षको बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०१७ सिर्जनशिल युवा हेमन्तराज काफ्लेलाई प्रदान गरिएको छ । हरेक बर्ष अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कार मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा काफ्लेलाई प्रदान गरिएको हो ।

 
शान्ति र समृद्धिमा युवा भन्ने मुल नाराका साथ बास नेपालगन्ज र ब्राइटल्याण्ड स्कुलको आयोजना तथा युथ सेन्टर नेपालगन्जको सहकार्यमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले सम्मानले युवालाई सकारात्मक काम गर्न प्रेरित गर्ने धारणा राखे ।

 

 

कार्यक्रममा बोल्दै जिल्ला युवा समितिका प्रमुख राम सुरेस यादबले युवाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा स्थापित हुन सफल बासले युवाहरुलाई सकारात्मक सोच दिएको बताए । सम्मान ग्रहण पछि बोल्दै युवा काफ्लेले सम्मानले आफुलाई सामाजिक कार्य गर्न थप हौशला प्रदान गरेको प्रतिक्रिया दिएका छन् । काफ्लेलाई दोसल्ला, सम्मान पत्र, ट्रफि र नगद १२ हजार सहित सम्मान गरिएको थियो ।

 

कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले युवा पुरस्कारको बारेमा जानकारी तथा युवा पुरस्कार २०१७ को घोषणा गरेका थिए । बासका उपनिर्देशक हमेराज भट्टले संचालन गरेको कार्यक्रममा स्वागत तथा उद्देश्य माथि प्रकाश बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा काफ्लेले सामाजिक क्षेत्रमा गरेका विभिन्न कार्यहरुको श्रव्यदृश्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया