‘नागरिक सग समन्वय’

बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद तामाङ्गले जिल्लामा शान्ति सुरक्षा कायम राख्न नागरिकस“ग समन्वय गर्ने बताएका छन् ।

 

शुक्रबार जिल्ला प्रहरी कार्यालय बाकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक तामाङ्गले शान्ति सुरक्षा कायम गर्न नागरिकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै त्यसका लागि प्रहरीले नागरिक सग समन्वय गर्ने बताएका हुन् ।

 
अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौबाट बाके प्रहरी प्रमुखका रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक तामाङ्गले मध्य र सुदूरपश्चिमको केन्द्र बिन्दु रहेको बाके अन्य जिल्ला भन्दा विशिष्ट रहेको बताएका थिए । जिल्लामा लागु औषध सम्बन्धी मुद्दा बढी देखिएको जानकारी दिंदै प्रहरी प्रमुख तामाङ्गले लागुऔषध विरुद्ध कारवाही मात्र नभई समुदाय र विद्यालय स्तरमा जनचेतना जगाउन आवश्यक देखिएको औंल्याए ।

 

त्यसका लागि प्रहरीले जनचेतनामूलक कार्यक्रमहरुमा जोड दिने प्रहरी प्रमुख तामाङ्गको भनाइ थियो ।
अपराधिक गतिविधि नियन्त्रण र अनुसन्धानमा प्रहरीको सधै जोड रहने उल्लेख गर्दै प्रहरी प्रमुख तामाङ्गले भने, ‘घरेलु हिंसा, महिला हिंसा लगायतका घटना निरुत्साहन र कारवाहीमा कुनै कन्जुस्याई गरिनेछैन ।’ अपराधिक गतिविधि विरुद्ध दु्रत कारवाही गर्न प्रहरी सदैव तयार रहने गरेको बताउदै प्रहरी उपरीक्षक तामाङ्गले त्यस्ता गतिविधि विरुद्ध प्रहरीको पूर्ण शक्ति परिचालित गरिने उल्लेख गरे ।

 
खुला सीमानाका कारण पनि अपराधिक गतिविधि बढी हुन सक्ने तर्फ संकेत गर्दै प्रहरी उपरीक्षक तामाङ्गले त्यस्ता गतिविधि विरुद्ध प्रहरीलाई परिचालन चुस्त राखिराख्ने बताए । उनले भारतीय काउन्टर पार्टस् सग पनि खुला सीमाको फाइदा उठाउ“दै हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि निरन्तर समन्वय गरिराख्ने बताए ।

 
बाके धार्मिक तथा साम्प्रदायिक दृष्टिले संवेदनशील जिल्ला रहेको बताउदै पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक तामाङ्गले गलत हल्लाहरु पनि घातक हुने भएकाले त्यस्ता व्यक्तिहरुको पहिचान र कारवाहीका लागि प्रहरीले निगरानी गरिरहने जानकारी दिए । ‘सञ्चारमाध्यमको भूमिका सदैव महत्वपूर्ण रहने गरेको छ’, पत्रकारहरुसग समन्वय गर्ने र पत्रकारबाट पनि सोही अपेक्षा रहेको बताउदै प्रहरी प्रमुख तामाङ्गले भने ।

 
मुलुक संघीय संरचनामा गैसकेकाले प्रहरी संगठनपनि सोही अनुसार परिवर्तन हुन अभ्यास भैरहेको बताउदै प्रहरी प्रमुख तामाङ्गले प्रहरीसग रहेको स्रोत र साधनको पूर्ण प्रयोग गरी फेरिएको स्थानीय तहगत संरचनामा सुरक्षा दिइने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया