सुपर अल्ट्राउण्डमा आगलागी

भेरी अञ्चल अस्पताल परिसरमा रहेको उद्योग रत्न गुभाजुको सुपर अल्ट्रासाउण्डमा मंगलबार आगलागी भएको छ । एकाविहानै सटरबाट धुवाको मुस्लो निस्केपछि डियूटीमा रहेको प्रहरीले आगलागी भएको थाहा पाएका थिए ।

 

आगलागीबाट झण्डै १२ लाख रुपैयाको क्षति भएको अनुमान गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । ‘समयमै आगो नियन्त्रण गर्न सकिएकाले भिडियो एक्सरे मेसिनलाई जोगाइयो’, झण्डै २८ लाख रुपैयाको एक्सरे मेसिन ठूलो क्षति हुनबाट जोगाएको जानकारी दिंदै प्रहरी नायब निरीक्षक कृष्ण बिसीले भने । प्रनानि बिसीका अनुसार, खबर गरेलगत्तै पुगेको दमकलको सहायतामा झण्डै १ घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

 
सटरको ताला तोड्न समय लागेकाले अझ छिटो आगो नियन्त्रण गर्न नसकिएको नेपालगन्ज उपमहानगरपालिका दमकल शाखाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया