श्रेष्ठलाई विद्यावारिधी

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक मूना श्रेष्ठले विद्या वारिधि हासिल गरेकी छन् ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यापनरत् श्रेष्ठले भारतको डा. केएन मोदी विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि गरेकी हुन् ।

 
२०४९ सालदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठ ०५० सालदेखि महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत् छन् । अंगेजी विभाग प्रमुख समेत रहेकी उपप्राध्यापक श्रेष्ठ महिला सशक्तिकरणको क्षेत्रमा निरन्तर क्रियाशिल छन् । सञ्चारिका समूहमा मध्यपश्चिम क्षेत्रीय संयोजकको निर्वाह गरिसकेकी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया