नेपालगन्जमा एजुकेशन फेयर

नेपालगन्जमा बुधबारदेखि एजुकेशन फेयर तथा शैक्षिक नीति बहस सुरु भएको छ ।
पद्मा मिडिया नेटवर्कद्वारा सञ्चालित बिजनेश प्लस टेलिभिजनको आयोजनामा नेपालगन्जको सिद्वार्थ कटेजमा दुई दिने शैक्षिक मेला तथा शिक्षा नीति बहस सुरु भएको हो । मेलाको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद र उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष नन्दलाल वैश्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
मेलामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायधिश तेजनारायण पौडेलको पनि उपस्थिति थियो । विभिन्न ३० वटा शैक्षिक संस्थाहरुको स्टल राखिएको मेलामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मको विद्यार्थीहरु सहभागी भई अवसरको लाभ लिएका हुन ।

 

मेलामा बिहिबार शैक्षिक नीति बहस हुनेछ । मुलुक संघीयतामा गएपछि प्रान्तिय शैक्षिक अवस्था र आवश्यकता विषयमा बृहत जानकारी तथा छलफलका लागि यो कार्यक्रम राजधानी बाहिरका चार प्रमुख शहर बिराटनगर, वीरगञ्ज, नेपालगन्ज तथा धनगढीमा आयोजना गरिएको आयोजकले बताएका छन् ।
पढ्नकै लागि राजधानी जानुपर्ने धारणा हटाउन तथा क्षेत्रीय स्तरका शैक्षिक संस्थाको उत्थानका लागि यो कार्यक्रम सहयोगी बन्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया

प्रतिक्रिया