दुई दिनदेखि राजपा नेपालले बन्द आव्हान गरेपनि त्यसले बा“केमा निर्वाचन प्रचारप्रसारमा कुनै असर पारेको देखिएको छैन । बाकेका आठै तहमा निर्वाध रुपमा प्रचार अभियान सञ्चालन भैरहेको सम्बद्ध राजनीतिक दल तथा उम्मेदवारहरुले बताएका छन् । यद्यपि, बन्द आव्हानका कारण यातायातका साधन र पसल व्यवसाय सञ्चालनमा भने अवरोध कायम छ ।
राजपा नेपालले बाकेका विभिन्न ठाउमा बन्द आव्हान गर्दै प्रदर्शन गरेको जनाएको छ । ‘बुधबार इन्द्रपुर र नेपालगन्ज उपमहा–नगरपालिकामा प्रदर्शन गर्यौं’, राजपाका सहमहामन्त्री पशुपति दयाल मिश्रले प्रदर्शनका क्रममा धम्बोझी चोकबाट प्रहरीले प्रदर्शनकारी मेराज साईलाई नियन्त्रणमा लिएको जानकारी दिंदै भने । बिरामी लिएर अस्पताल जादै गरेको मोटरसाइकलमा लठ्ठी प्रहार गरेपछि प्रहरीले साईलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘हाम्रो आन्दोलन शान्तिपूर्ण छ’, सहमहामन्त्री मिश्रले भने, ‘निर्वाचन हुन नदिने र बहिष्कार गर्ने हाम्रो पार्टीको नीति हो ।’ माग पूरा नहु“दासम्म आन्दोलन जारी रहने बताउ“दै मिश्रले भने, ‘निर्वाचनका जुनसुकै गतिविधिमा अवरोध पुर्याउने पार्टी नीति भएपनि राजनीतिक दलका उम्मेदवारलाई प्रचारमा अहिलेसम्म कही कतै अवरोध पुर्याएका छैनौं ।’
यद्यपि, मंगलबार नेपाली का“ग्रेसको प्रचारमा प्रयोग भएको गाडीमा ढुंगा प्रहार गरेपछि राजपाका नेता ललित रौनियार प्रहरी हिरासतमा छन् । उनी हिरासतमै आमरण अनशनमा बसेको सहमहामन्त्री मिश्रले जानकारी दिए । राजपा बाहेकका
मधेस केन्द्रित दल भने दल भने निर्वाचनमा जाने निर्णय गर्दै प्रचारमा मतदाता माझ छन् ।
नेपाल लोकतान्त्रिक फोरमबाट नेपालगन्जका लागि उपप्रमुख पदका उम्मेदवार मिसबाहुल हक अन्सारीले बुधबार पुरैनी, पुरैनामा घरदैलो अभियान सञ्चालन गरेको जानकारी दिए । उनले गाउका जनता मतदानको लागि उत्साहित रहेको बताउदै निर्वाचनको विपक्षमा जनता नपाएको बताए । संघीय समाजवादी फोरम नेपालले पनि निर्वाचन प्रचारप्रसारलाई तिव्रता दिएको छ । ‘हामी निरन्तर मतदाता माझ छौं’, नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले भने ।
नेकपा एमालेबाट डुडुवा गाउपालिकामा प्रमुख पदका उम्मेदवार सकिल खानले बुधबार मोटरसाइकल र्याली आयोजना गरेको जानकारी दिए । ‘दैनिक घरदैलो र निर्वाचन प्रचारमै छौं’, उनले भने । बन्द घोषणा गरिएपनि गाउ“मा निर्वाचन प्रचारका क्रममा कुनै अवरोध नभएको उनले बताए ।
‘को जान्छ निर्वाचन विरोधी आन्दोलनमा ?’, उम्मेदवार खानले भने, ‘जनता २० बर्षपछि आफ्ना जनप्रतिनिधि चुन्न असार १४ को व्यग्र प्रतिक्षामा छन् ।’ ४० डिग्रीको गर्मीमा पनि स्वस्फूर्त निर्वाचन सम्बन्धी गतिविधिमा जनताको संलग्ताले निर्वाचन विरोधीहरु गतिविधिलाई अस्वीकार गरेको स्पष्ट भएको खानको भनाइ थियो ।
नेपाली का“ग्रेसबाट नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार डा. सुरेश कुमार कनोडिया र उपमेयर उमा थापाले बुधबार वडा नं. १८ मा मतदातास“ग भेटघाट गरेका छन् । त्यसक्रममा २५ जना स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको का“ग्रेस बा“केले जानकारी दिएको छ । वडा प्रचार समितिको आयोजनामा उम्मेदवारहरु सहित पार्टीका नेता, कार्यकर्ताले विशालनगर, भुजईगाउँ, नागरिक टोल, लग्दहवा गाउँ, पशुपतिनगर, कारकादो लगायतका क्षेत्रमा घरदैलो गरेका थिए । त्यसक्रममा स्थानीय विकासका मुद्दाहरु सम्बोधन गरिनु पर्ने माग मतदाताले गरेका थिए ।
नेकपा एमालेबाट नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार समसुद्दिन सिद्दिकी र उपप्रमुख उम्मेदवार शान्ति ढकाल सहित नेता, कार्यकर्ताहरुले बुधबार पुरैना, पुरैनीमा घरदैलो गर्दै मतदाता भेटेका छन् । उनीहरुले त्यसक्रममा जनता निर्वाचन कुरेर बसेको बताए । ‘कही पनि निर्वाचन हुनुहुदैन भन्ने खालको आवाज र अवरोध पाएनौं’, उम्मेदवार सिद्दिकीले भने, ‘मतदातामा अभूतपूर्व उत्साह पाएका छौं ।’
बा“केको खजुरागाउ“पालिका–४ मा बुधबार नेकपा एमालेले चुनावी सभा आयोजना गर्यो । गाउपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार किस्मत कुमार कक्षपति, उपाध्यक्ष उम्मेदवार एकमाया विक लगायतले सभालाई सम्बोधन गरेका थिए । सांसद दल बहादुर सुनारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले बा“के सचिव रत्न खत्री, भीम वली, स्थानीयबासीको सहभागिता रहेको थियो ।
त्यस्तै, नेपाली काग्रेसले खजुरा गाउपालिकामा बुधबार मोटरसाइकल र्यालीको आयोजना गरेको छ । मोटरसाइकल र्यालीले गाउपालिका विभिन्न वडाहरुको परिक्रमा गर्दै जनतासग मतदानका लागि आव्हान गरेको थियो ।
बुधबार रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा सहभागी नेपालगन्जका प्रमुख उम्मेदवारले नेपालगन्जको विकास बारे आ–आफ्ना धारणा राखेका थिए ।