पाण्डे र थापालाई अच्युत स्मृति पुरस्कार

ऋषि गैरे/काठमाडौं

पत्रकार गणेश पाण्डे र अमूल थापालाई अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७४ प्रदान गरिएको छ ।

सोमबार काठमाडौं आयोजित औपचारिक कार्यक्रम बीच अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले पत्रकार पाण्डेलाई पुरस्कृत गरेको हो । महाविनाशकारी भुकम्प सम्बन्धी वृत्त चित्र ‘भाग्यले बाचेकाहरु’का लागि पत्रकार पाण्डेलाई उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका सचिव झलक गैरेले जानकारी दिए । प्रतिष्ठानले उक्त पुरस्कार छापा माध्यममा
कार्यरत पत्रकार अमूल थापालाई पनि प्रदान गरेको छ ।

पत्रकार थापालाई भुकम्पका बेला उद्दारमा क्रममा खिचिएको तस्वीर तथा भुकम्प पछिका परिस्थितिसँग जुधिरहेका पीडितहरुको कथावस्तु उजागर गर्ने उत्कृष्ट समाचार लेखेन कार्य गरे वापत पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले पत्रकार पाण्डेलाई कदर पत्र, दोसल्ला र नगद ११ हजार १ सय ११ रुपैया“ले पुरस्कृत गरेका थिए । पत्रकार थापालाई ५ हजार ५ सय ५५ नगद र कदरपत्रले सम्मानित गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रतिष्ठानका संरक्षक पूर्णाकुमारी सुवेदी, सचिव झलक गैरे, पुरस्कृत व्यक्तित्व गणेश पाण्डे, पत्रकार डा. दिपेन्द्र रोकाय लगायतले बोलेका थिए ।
पत्रकार, उद्यमी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि, राजनीतिकर्मीहरु लगायतको सहभागितामा भएको समारोहमा प्रमुख अतिथि उपराष्ट्रपति पुनले विनाशकारी भुकम्पपछिको पुनर्निर्माण कार्य सन्तोषजनक ढंगले अगाडी बढ्न नसकेको चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया