चट्याङले घाईते  गर्भवती महिला ४  दिन पछि उपचार शुरु

प्रकृति प्रकोप चट्यागको कारण घाईते भएकि मुगु माग्री १ किमाथा कि सरस्वती बुढाको ४ दिन पछि उपचार शुरु भएको छ   / बैसाख १४ गते साझ घरमा काम गरेर बसी रहेको बेला एक्कासि चट्याग परेर उनि संगै १३ बर्से लाल्सरी पुन पनि घाईते भएको थिन  / पुन र  बुढाको गाउ कै स्वास्थ्य चौकी मा प्राथमिक उपचार पछी जिल्ला अस्पताल लागिएको थियो / पुन लाई प्राथमिक उपचार पछि घर फर्काएको थियो भने जिल्ला अस्पताल  मा उपचारअसम्भब  भए   पछी बुढा लाई  नेपालगंज भेरी अंचल अस्पताल  रिफर गरिएको हो /

भेरी अंचल अस्पताल को  नर्स स्नेहा श्रेष्ठ को अनुसार उनको शरीर को करिब ३० प्रतिसत भाग जलेको र उनि ७ महिना को गर्भवती समेत रहेको कुरा बताईंन / मध्ये र सुधुर पशिमको   एक मात्र बर्न वार्ड भेरी अंचल अस्पताल मा रहेको हुनाले  जलेको बिमारी को घुईचो नै लाग्ने गर्दछ / जिल्ला अस्पताल मा बर्न वार्ड तथा तालिम प्राप्त जान शक्ति नहुनाले यस क्षेत्र का जलेको बिमारी भेरी अंचल अस्पताल मा आउने गर्दछन / अग्नि हिंसा पिडित नेपाल (बि.भी.एस)ले  बेड,एशि,लगायत भिबिन्न उपचार मा लाग्ने उपकरण प्रदान गरे पछी उपचार मा झन् सजिलो भएको हो /

प्रतिक्रिया

प्रतिक्रिया