नेपालगन्जमा युवाले सम्झिए महाभुकम्प

नेपालगन्जन्यूज । महाभुकम्पमा परि दिवंगत भएका तथा घाइते भएकाहरुलाई नेपालगन्जका युवाहरुले सम्झेका छन् । स्थानीय धम्बोझी चोकमा भेला भइ युवाहरुले ममबत्ती बालेका थिए र एक मिनेट मौनधारण गरेका थिए ।

चियर्स क्रियटिभ नेपाल बाँकेको आयोजनामा कार्यक्रम गरिएको हो ।

चियर्स क्रियटिभ नेपालले नेपालगन्जमा पानीका लागि पानीपुरी अभियान गरि महाभुकम्पका बेलामा मकवानपुर, धादिग, काठमाडौं र सिन्धुपाल्चोकमा रहेका भुकम्प पिडितहरुलाई राहत सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष सुरेन्द्र चलाउनेले बताए ।

कार्यक्रममा चियर्सका स्वयंसेवकहरु तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रतिक्रिया

प्रतिक्रिया