आज शुक्रबार बाँकेको कोहलपुरमा विद्युतीय सुरक्षा दिवस मनाइएको छ ।
विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग–देशको समृद्धिमा सहयोग भन्ने नाराका साथ कोहलपुरमा प्रभातफेरि निकालिएको हो ।
दिवसकै अवसरमा कोहलपुरमा प्रभातफेरी निकालिएको छ । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रबाट सुरु भएको प्रभातफेरिले कोहलपुर बजार परिक्रमा गरेको थियो । विद्युतजन्य घटनाहरुलाई कम गर्नुका साथै विद्युतिय सुरक्षा चेतना जगाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा प्रभातफेरिका सहभागीहरुले राखेका थिए ।
कोणसभालाई सम्बोधन गर्ने अधिकाशं ब्यक्तिहरुले बिद्युत चुहावटलाई नियन्त्रण गर्न सके धेरै हदसम्म लोडसेडिङ अन्त्य हुने भन्दै त्यसकालागि विद्युत प्राधिकरणले प्रभावकारी अभियान चलाउन आवश्यक रहेको बताएका थिए ।