होलिल्याण्ड सँग नेपालगन्ज मोडेल भिड्ने

होलिल्याण्ड पाँचौं हिसान बाँके बर्दिया कप अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । होलिल्याण्डकी सृष्टी पौडेलले जारी प्रतियोगितामंै पहिलो अर्धसतक प्रहार गरेपछि आफ्नो टिमलाई सोमबार प्रतियोगिताको फाइनलमा नेपालगन्ज मोडेल एकेडेमीसँग प्रतिस्पर्धाका लागि अवसर जुटाएकी हुन् ।


एबिसीलाई ५३ रनले हराउँदै होलिल्याण्ड फाइनलमा पुगेको हो । नेपालगन्ज मोडेल एकेडेमीले त्यसअघिको अर्को खेलमा आदर्शलाई १० विकेटले पराजित गर्दै उपाधिका लागि फाइलन जाने योग्यताको यात्रा तय ग¥यो । कोहलपुर क्रिकेट मैदानमा वुमन अफ द म्याच सृष्टीले ५१ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको होलियाण्डले निर्धारित १५ ओभरमा १ विकेटको नोक्सानीमा १ सय ९ रन बनाएको थियो ।
सृष्टीले ४२ बलमा २ चौका प्रहार गरिन । सुमन योगीले २७ रन र मोनिका रानाले ११ रन बनाइन । एबिसीकी अस्मिता केसीले १ विकेट लिइन । जवाफमा एबिसीले १५ ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ५६ रनमात्र बनाउन सक्यो । टोलीका लागि सुजता शाहीले १३ रन, बिमला बलमे ९ रन र अस्मिता केसीले ८ रन बनाइन ।
होलिल्याण्डकी वलर जमुना राना र मोनिका रानाले समान २ विकेट लिए । लक्ष्मी सुनारले १ विकेट हात पारिन । जमुनाले ३ ओभर वलिङ गर्दै ८ रन र मोनिकाले ३ ओभरमा १७ रन खर्चेकी थिइन ।
यसैगरी अर्को खेलमा शनिबार प्राविधिक कारणले १० ओभर खेलाइएको खेलमा सुरुआतमा ब्याटिङ गरेको आदर्शले पुरा ओभर खेलेर ७ विकेटको नोक्सानीमा ५९ रन बनाएको थियो । टोलीका लागि पेमा लामा शेर्पाले ७ रन, कल्पना शाही र परिना थापाले समान ५ रन बनाइन । जवाफी ब्याटिङमा नेपालगन्ज मोडेलले ६ ओभरमा बिना विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको थियो । विजेता टोलीका लागि स्वतिका बजगाईले सर्वाधिक ३४ रन र निर्मला बस्नेतले ११ रन बनाइन् ।
हिसान खेलकुद अन्तर्गत शुक्रबार देखि सुरु भएको महिला क्रिकेटमा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालगन्ज मोडेल, बाइटल्यान्ड, आर्दश, होलिल्याण्ड, मोडर्न, जेनिथ, डाइनामिक र एबिसी बोडिङ स्कुलको सहभागिता रहेको बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष तथा प्रदेश नम्बर ५ क्रिकेट अध्यक्ष दुर्गा बहादुर थापाले जानकारी दिएका छन् । प्रतियोगितामा बाँके र बर्दिया जिल्लाका २२ विद्यालयले सहभागिता छ ।

प्रतिक्रिया

प्रतिक्रिया