अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न नेकपाको माग

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।

नेकपाले पत्रकार सम्मेलन मार्फत् यस्तो धारणा सार्वजनिक गरेको हो। अहिलेको सरकारले सबैलाई र जेनजी आन्दोलनकै भावनालाई समेत समेट्न नसकेको उल्लेख छ।

नेकपाले चुनावमा भाग लिने तर त्यसका लागि सुरक्षाको वातावरण नरहेको जनाएको छ।

‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर सुरक्षा छैन। राजनीतिक तहमा उच्चस्तरीय संयत्न बनाउनुपर्छ’नेकपाले भनेको छ,’जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ।’

प्रतिक्रिया

प्रतिक्रिया