
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । प्रारम्भमा २ बजेका लागि निर्धारण गरिएको समय एक घण्टा पछाडि सारिएको हो ।
राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार आज ३ बजे हुने कार्यक्रममा महावीर पुन, जगदीश खरेल, मदन परियार र अनिलकुमार सिन्हाले मन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।











