ऐतिहासिक अवसर राम मन्दिरको प्राण प्रतिष्ठा

अयोद्धामा प्राण प्रतिष्ठा, नेपालगन्जमा जागरण घरघरमा दीपावली, पदयात्रा र भजनकृतन गरिंदै

छिमेकी राष्ट्र भारतको अयोध्यामा माघ ८ गते राम मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको घटनालाई ऐतिहासिक अवसरका रुपमा लिंदै नेपालगन्जमा विभिन्न धार्मिक–साँस्कृतिक कार्यक्रमहरु ग्रिने पूर्वतयारी शुरु गरिएका छन् ।

शुक्ल द्वादशीको दिन अयोध्यामा निर्मित बिशाल राम मन्दिरको समुद्घाटन समारोह अवसर पारेर नेपालगन्जमा विशेष कार्यक्रमहरुको पूर्वतयारी गरिएका हुन् । घरघरमा दीपावली आव्हान गरेको कसौधन बैश्य समाज, युवा मञ्च, महिला मञ्चले विशेष जागरण, पदयात्रा र भजनकृतनलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

‘आरतीदेखि भजनकृतन पदयात्रा लगायतका कार्यक्रमहरु तय गरिएका छन्, कसौधन बैश्य समाजका अध्यक्ष सन्तोषकुमार बैश्यले भने, ‘पदयात्रामा भगवान राम, माता सिता र हनुमान स्वरुपलाई पुष्पवृष्टि गरिंदै रानीतलाउ शिव मन्दिरदेखि बागेश्वरी मन्दिरसम्म लगिनेछ ।’ त्यसबीच हरेक घरमा दीपावलीका लागि आव्हन गरिएको अध्यक्ष बैश्यले बताए । विश्व हिन्दु परिषद्ले माघ ८ लाई विशेष ऐतिहासिक रुपले मनाउन आफ्नो अभियाननै चलाएको छ ।

त्यसक्रममा नेपालगन्जमा दैनिक जसो गरिएका छलफल, गोष्ठी र परिचर्चाले थप उत्साह ल्याएको परिषद्का कार्यकर्ताको भनाइ छ । ‘त्यस दिन नेपालगन्जमा धेरै कार्यक्रम गरिंदैछन्,’ परिषद्का अभियन्ता कृष्णादेवी पाण्डेले तयारीका लागि भइरहेका विभिन्न कार्यक्रम बारे भनिन्, ‘प्रत्येक मठ मन्दिरमा दीपावली पर्व, भजनकृतन र हिन्दुजनको घरमा रंगोलीसहितको दीपोत्सव गरिंदैछ ।’ पाण्डेले त्यसै दिन शोभायात्रादेखि राम मन्त्र जपका कार्यक्रमहरु राखिएको बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया