भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको छ । मानिसहरुलाई धम्क्याउन, चोरी शिकारी गर्नका लागि अवैध हतियार भित्र्याउने गरिन्छ ।
खुला सीमाना रहेकाले बाँकेमा अवैध हतियार भित्र्याउन अपराधिक प्रवृत्तिको व्यक्तिलाई सहज रहेको छ । खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति र भारतमा सहजै उपलब्ध हुने साना हतियार नेपालको सुरक्षा व्यवस्थामा चुनौति बन्दै गएको पछिल्ला थुप्रै उदाहरण पाइन्छ । भारतबाट साना हतियार ल्याउने बाँके तथा यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने अपराधिक घटना घटाउने गरेको पाइन्छ ।
बाँकेमा विगत तीन बर्षको अवधीको हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको पाइन्छ । अन्तर्राष्टिय सीमा नाका औपचारिक रुपमा बन्द रहेको समयमा अवैध हतियार पक्राउ पर्ने र त्यससम्बन्धी मुद्दा ह्वात्तै बढेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँकेमा आ.व. ०७५\०७६ मा ५ वटा, आ.व. ०७६\०७७ ५ र आ.व. ०७७\०७८ मा बढेर १४ पुगेको छ ।
प्रहरीले आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियार सहित मानिस पक्राउ गर्ने गरेको छ ।
हतियार बेच्न खोज्दा प्रहरी फन्दा
बन्दुक र पेस्तोल सहित पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले एक/एक थान बन्दुक र पेस्तोल सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. ६ स्थित छोटेलाल राढले हतियार बिक्री गरिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र पेस्तोल सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले राढले हातहतियारको बिक्री वितरण गरि रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह दाङबाट खटिएको प्रहरी टोलीले राढलाई एकनाले भरुवा बन्दुक थान १, भरुवा बन्दुकमा लाग्ने छर्रा थान ३ र कटुवा पेस्तोल थान १ समेत फेला पारेको जानकारी दिएको छ । पक्राउ परेका राढमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।