नेपालगन्जमा फुड फेस्टिवल गरिंदै

अंग्रेजी नयाँ बर्ष सन् २०२० को अवसर पारेर बुधबार नेपालगन्जमा नेपालगन्जमा फुड फेस्टिवल आयोजना गरिने भएको छ । स्थानीय परिकारहरुलाई प्रवद्र्धन गर्नका लागी भिन्टेक कलेज अफ होटेल एन्ड टुरिज्म नेपालगन्जले फेस्टिवल आयोजना गर्ने भएको हो ।


फेस्टिवलमा सात वटै प्रदेशका दुई दुई वटा स्थानीय परिकार पस्कने कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले जानकारी गराएका छन् । ‘खासगरी विद्यार्थीहरुलाई फेस्टिबलले फुड अवारनेस गर्नेछ,’ सोमबार नेपालगन्जमा गरिएको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल मल्लले भने ।


फेस्टिवलमा एक सय रुपैयाँमा एक प्रदेशको परिकार खान मिल्ने व्यवस्था मिलाइएको कलेजका संचालक सरोज कुमार चन्दले जानकारी दिए । नयाँ वर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाली स्वादलाई प्रवद्र्धन गर्न लागिएको अन्तरक्रिया कार्यक्रममा सञ्चालक चन्दले बताएका छन् । ‘नेपालगन्जमा केही विशेष गरौं भन्ने सोंचका साथ हामी अगाडि बढेका छौं’, चन्दले भने ।

प्रतिक्रिया

प्रतिक्रिया