नेपालगन्ज : ‘क्रस भोट’को कथा

देबेन्द्रराज पौडेल

‘काग्रेस कसैसग हार्दैन तर पार्टी भित्र अन्तरघात भयो भने काग्रेसले हार्नेछ’, शनिबार राती डा. नितेश कुमार कनोडियाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भनाइलाई उद्धृत गर्दै सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखे । डा.नितेश नेपाली काग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार डा. सुरेश कनोडियाका छोरा मात्रै होइनन्, उनी काग्रेसका सक्रिय कार्यकर्ता र निर्वाचनमा प्रचार अभियन्ता पनि हुन् ।

नेपालगन्जमा स्थानीय तहको निर्वाचनको मत परिणामहरु धमाधम आउ“दैछन् । नेपालगन्जमा वडा नं. १ र ६ मा एमाले, वडा नं. २ र २२ मा काग्रेस, वडा नं. ३ र ७ मा माओवादी केन्द्र, वडा नं. ४, ५, र ८ मा राप्रपा, २३ संघीय समाजवादी फोरम विजयी भएका छन् ।

वडा विजेताको हिसाबले काग्रेस, एमाले र राप्रपा बराबर भएपछि प्रमुख र उपप्रमुखमा राप्रपा र का“ग्रेस अगाडी रहेका छन् । राप्रपाका डा. धवल समशेर राणा प्रमुख पदमा अन्य भन्दा धेरै अगाडी पुगिसकेका छन् ।
राप्रपाले नेपालगन्जमा वडा नजितेका स्थानमा पनि प्रमुख पदमा भने सबैभन्दा बढी मत ल्याउन सफल भएको छ । अर्थात्, क्रस भोट धेरै भएको पाइन्छ । वडामा काग्रेस, एमाले, माओवादीलाई भोट दिएका मतदाताले प्रमुख पदमा भने राप्रपालाई मतदान गरेको हालसम्मको परिणामले देखाउ“छ । राप्रपाले वडा नजित्दा पनि प्रमुख तथा उपप्रमुख पदमा उल्लेख्य मत ल्याउनुले पनि त्यसलाई पुष्टि गर्दछ ।

नेकपा एमालेका प्रमोद रिजालले नेपालगन्ज–१ धम्बोझीमा ८ सय १८ ल्याउदै विजय हासिल गरे । उनले वडामा आफ्नो पार्टीका सबै सदस्य भन्दा बढी मत ल्याएका थिए । उक्त वडामा पराजित भएका एमालेका सदस्य सबैभन्दा कम ६ सय २५ मत प्राप्त गरेका छन् । तर, त्यहा नेपालगन्जका लागि एमालेका प्रमुख पदका उम्मेदवार सम्शुद्दिन सिद्दिकीले एमालेका सदस्यले वडाबाट पाएको सबैभन्दा कम मत समेत पाउन सकेनन् । धम्बोझी १ मा उनले ४ सय ४० मत मात्र पाए । उक्त मत नेपालगन्ज–१ मा एमालेका सदस्य उम्मेदवारले पाएको सबैभन्दा कम भन्दा पनि १ सय ८० ले कम हो ।

नेपाली काग्रेसको प्रभाव क्षेत्र हो नेपालगन्ज–२ । त्यहा काग्रेसबाट वडा अध्यक्षका उम्मेदवार सुनिल सिंह हमालले ४ सय ६६ मत प्राप्त गरे । त्यहा“ का“ग्रेसबाट पराजित सदस्यले पनि ४ सय ४४ मत प्राप्त गरेका छन् । तर, नेपालगन्ज–२ बाट का“ग्रेसका प्रमुख पदका उम्मेदवार डा. सुरेश कनोडियाले जम्मा ३ सय ८९ मत मात्र प्राप्त गर्न सके । जुन वडा अध्यक्षको मत भन्दा ७७ ले कम हो ।

नेपालगन्जको वडा नं. ३ बाट माओवादी केन्द्रका उम्मेदवार विजयी भए । अध्यक्ष पदमा विजयी अयुव सिद्दिकीले ५ सय २४ मत प्राप्त गरे । उक्त वडाबाट माओवादीबाट नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार दामोदर आचार्यले ४ सय ८२ मत मात्र प्राप्त गरे । जुन वडाबाट जितेका अध्यक्षको भन्दा ४२ ले कम हो । वडा नं. ३ बजार क्षेत्र रहेकाले आचार्यको पनि पकड रहेको मानिन्छ । तर, वडा अध्यक्ष जित्दा पनि प्रमुख पदमा भने माओवादीले सन्तोषजनक मत ल्याउन सकेनन् ।

वडा नं. ३ मा २ सय ५३ मत मात्र ल्याएर राप्रपा वडा अध्यक्ष पदमा पराजित भयो । तर, त्यसको ठिक विपरित राप्रपाका लागि नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार डा. धवल समेशेर राणाले वडा नं. ३ बाट आफ्नो पार्टीबाट पराजित वडा अध्यक्षले भन्दा २ सय १७ मत बढी प्राप्त गरे । डा. धवलले वडा नं. ३ बाट कुल ४ सय ७० मत प्राप्त गर्न सफल भएका थिए ।

नेपालगन्ज–१ मा राप्रपाले कुनै पनि पदमा विजय हासिल गर्न सकेन । त्यहा“ राप्रपाबाट वडा अध्यक्ष पदका उम्मेदवारले ५ सय १७ मत प्राप्त गरे । तर, नेपालगन्ज–१ जित्न नसकेको राप्रपाले नेपालगन्ज प्रमुखका लागि भने ९ सय ३३ मत प्राप्त गर्यो । जुन वडामा विजयी नेकपा एमाले र नेपाली का“ग्रेसले प्राप्त गरेको भन्दा बढी हो । त्यहा“ एमालेले ४ सय ४० र का“ग्रेसले ४ सय ३७ मत प्राप्त गरेको छ । दुवैले नेपालगन्ज प्रमुखका लागि प्राप्त गरेको मत जोड्दा पनि राप्रपाको जति पुग्न सक्दैन ।

नेपालगन्ज–२ मा पनि राप्रपाले जित्न सकेन । त्यहा राप्रपाका वडा अध्यक्षले ३ सय ७४ मत प्राप्त गरे भने त्यहाबाट डा. राणाले भने ६ सय ४६ मत प्राप्त गरे । जुन वडा अध्यक्षले पाएको भन्दा २ सय ७२ मतले बढी हो । अर्थात् ‘क्रस भोट’ ।

वडा नं. ४ र ५ मा भने राप्रपाले विजय हात पार्यो । वडा नं. ४ मा राप्रपाका सफिक नद्दाफ विजयी भए । उनले ६ सय ९७ मत प्राप्त गरे । वडा नं. ५ मा वडा अध्यक्ष विजयी राप्रपाका उम्मेदवार कैफुलवरा अन्सारी विजयी भए उनले २ सय ८८ मत प्राप्त गरे । तर, डा. राणाले दुवै वडामा आफ्नो पार्टीबाट विजयी वडाध्यक्ष भन्दा क्रमशः ३ सय २० र १ सय १७ मत बढी ल्याए । वडा नं. ४ बाट राणाले १ हजार १७ र वडा नं. ५ बाट ४ सय ५ मत प्राप्त गरे ।
वडा नं. ६ मा अध्यक्ष एमालेले जितेको छ ।

त्यहा एमालेका समिर प्रताप सिंह ४ सय ४६ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवारले ३ सय ५४ मत प्राप्त गरे । वडा नं. ६ मा वडा अध्यक्ष बाहेकका सबै पदमा राप्रपा नै विजयी भएको छ । वडा नं. ६ मा डा. राणाले ६ सय ८१ मत प्राप्त गरे । उक्त मत उक्त वडामा प्राप्त उम्मेदवारहरु भन्दा बढी हो ।

वडा नं. ७ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडा नं. ७ का सबै पदमा माओवादी विजयी भएको हो । त्यहा“ माओवादीका वडा अध्यक्ष उम्मेदवार जुम्मन खाले २ सय ६० मत प्राप्त गरे । उक्त वडामा नेपालगन्जका लागि प्रमुख पदमा सबैभन्दा बढी राप्रपाका उम्मेदवार डा. राणाले ३ सय ९८ मत प्राप्त गरे ।

माथि मत परिणाम हेर्दा राप्रपाले जितेका र हारेका सबै वडाहरुबाट नेपालगन्जका लागि प्रमुख पदाका उम्मेदवारका लागि भने अरु उम्मेदवार भन्दा बढी मत पाउन सफल भएको छ । सबै वडाहरुबाट नेपाली काग्रेस र नेकपा एमालेका धेरै मत डा. धवल समशेर राणाका लागि गएको तथ्यांकबाट देखिन्छ ।

‘काग्रेस बाकेले निर्वाचन परिणामलाई कसरी हेरिरहेको छ ? संगठन कति राम्रोसग गरेको रहेछ भन्ने प्रमाण यो भन्दा के हुन्छ । अब पनि २/४ जनाको घेराभित्र पार्टीलाई चलाउने कि असफल भएँ भनेर राजिनामा दिने ?’, का“ग्रेसका सक्रिय कार्यकर्ता गोपाल अधिकारीले शनिबार राती नै आफ्नो फेसबुक स्टाटस मार्फत प्रश्न उठाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका
राप्रपा         ६५०७/४८२९ 
कांग्रेस        ३९०८ /४९४५ 
माअाेवादी केन्द्र ३६३५/३४०६ 
एमाले        ३११६/३३६५ 
फाेरम        २२५८ /२१७७

प्रतिक्रिया

प्रतिक्रिया