नेपालगन्जन्यूज । निरन्तरको मतगणनाका कारण मत गणना गर्ने कर्मचारी, दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु थकित देखिएका छन् ।
निरन्तरको अनिदोंका कारण उनीहरु जहाँपायो त्यहिँ सुतिरहेको दृश्य भेरी प्राविधिक शिक्षालयमा देखिन्थ्यो । भेरी प्राविधिक शिक्षालयमा नेपालगन्ज उपमहानगरपालिकाको मत गणना भइरहेको छ ।
मतपरिणाम ४८ घण्टामा नै सक्ने भनी मतगणना भइरहे पनि अहिले सम्म जम्मा ६ वटा वडाको मात्र गणना सम्पन्न भएको छ । यहि रफ्तारमा मत गणना भयो भने कम्तीमा पनि अझै एक हप्ता लाग्ने बताउछन् मत गणनामा संलग्न अधिकारीहरु ।
(तस्वीर : सकिल अहमद कादरी)